• २०८१ बैशाख ८ शनिबार

यी घटना जसले गर्छन् निर्वाचनमा हिंसाको संकेत 

kharibot

तस्बिर : रासस

काठमाडौँ । दिनहरु छोटिदा छन, समय नजिकिदो छ । चुनावी चटारोमा सबै सबै छन । र त, चुनाव निर्धारित मितिमा नै हुने आशा बढदो छ । तर साथमा साना जस्ता लाग्ने गंभिर प्रकृतिका घटनाहरु पनि बढीरहदा चुनावी सुनिश्चिततामाथि भय र आशंकाका बादलहरु पनि थपिदै छन । 

एकातिर मुख्य ठूला प्रतिष्पर्धी दल काँग्रेस र एमालेका अध्यक्षहरु एक अर्काको व्यक्तित्वलाई नसुहाउने स्तरको आलोचनामा उत्रेका छन । अर्कोतिर सिद्धान्त नीति अनुसार होईन, आफू नजिते अर्कोलाई जित्न नदिने लक्ष्यका साथ व्यक्तिवादी गठबन्धन हावी छ । चुनाव निश्चितै रुपमा स्वच्छ, शान्तिपूर्ण होस भन्ने जनअपेक्षा छ । तर घटनाक्रमहरु केही अशुभ छन । 

घटना १. 

बिना विभागीय मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरेर रुकुममा बम प्रहार । बिहान करिब ९ बजेर १५ मिनेटमा मन्त्री जनार्दन शर्मा चुनावी प्रचार प्रसार सकेर फर्किने क्रममा र चौरजहारी नगरपालिका–८ को गोइरीमा २ वटा बम प्रहार भएको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रमुख डिएसपी राजेन्द्र धमलाद्धारा पुष्टी । रेडबुलको बट्टामा पिठो लगायतका घरेलु सामाग्री प्रयोग । 

घटना २. 

रोल्पाको माडीगाउँपालिका– १ मा रहेको भिट्टावाङमा प्रतिनिधि सभातर्फका माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी विस्फोट, गाडीमा सामान्य क्षति । मन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी रुकुममा बम प्रहार भएको भोलिपल्ट रोल्पामा पुनको गाडीलाई लक्षित गरी बिच्छयाईयो बारुदी सुरुङ (माइन) । विस्फोटसँगै लुकेर बसेकाहरुबाट शानदार फायरिङ । जवाफमा एस्कर्टिङमा रहेका सुरक्षाकर्मीहरुले जवाफी फायरिङ । 

घटना ३.

चुनावी प्रचारको प्रतिस्पर्धा तीब्र हुँदा गोरखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार हतियारसहित पक्राउ । हतियारसहित समातेको माओवादी समानुपातिकतर्फकी उम्मेदवार सुशीला सिंखडालाई सोधपुछपछि प्रहरीद्धारा रिहा । मोटरसाइकलमा रहेका माओवादी कार्यकर्ता गुणप्रसाद खनाल भने फरार । ९ एमएमको पेस्तोल र तीन राउन्ड गोली प्रहरी नियन्त्रणमा । 

घटना ४. 

प्रतिनिधि सभाको लागि कास्की क्षेत्र नम्वर ३ बाट वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका जगत विश्वकर्माले प्रयोग गर्ने गाडी तोडफोड । पार्टीका नेता कार्यकर्ता सहित राति नौ बजे पोखराको न्यूरोडस्थित होटलमा बसेर खाना खान लागिरहेको अवस्थामा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीद्धारा नै पुष्टि । 

घटना ५.

नेपाली कांग्रेसका नेता तथा सोलुखुम्बुबाट प्रतिनिधि सभाका उमेदवार बलबहादुर केसीको टोलीमाथि  सांघातिक आक्रमण प्रयाश । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति प्रकाशित गरेर घटनाको निन्दा र दोषी उपर कडा कारवाहीको माग । 

घटना-६ 

सुर्खेत प्रहरीले ठूलो परिमाणमा बम बनाउन प्रयोग गरिने विष्फोटक सामग्री बरामद गरेको छ ।  पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–११ ढुङ्गेबजारबाट आज बम बनाउन प्रयोग गरिने डेटोनेटर, जिलेटिन, फ्यूजवायर तारलगायत बरामद गरिएको हो । बम बनाउन प्रयोग गरिने सामाग्रीसँगै भारतीय र नेपाली सीमसहितको मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । 

निर्वाचनमा प्रभाव पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोटक सामग्री भारतबाट भित्र्याएको प्रहरीले जनाएको छ । “विशेष सुराकीको आधारमा ध १ ज १०६ नम्बरको जीप जाँच गर्दा ६० थान डेटोनेटर, ५५५ थान जिलेटिन, २२ मिटर फ्यूजवायरका साथै भारतीय र नेपाली सीमसहितको मोबाइल बरामद गर्न सफल भयौँ” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार आचार्यले भने, “विष्फोटक सामग्री ल्याउने व्यक्तिको खोजी गरिरहेका छौं।”

उल्लेखित केही प्रतिनिधि घटनाहरु हुन, जसले आगामी प्रदेश तथा संसदको  चुनाव शान्तिपूर्ण नहुन पनि सक्छन भन्ने जनाउ दिन्छन । उसो त .शनिबार विहान  विद्युतीय धरापबाट जोगिएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता वाम गठबन्धनबाट रोल्पाका प्रतिनिधि सभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ले आफ्नो चुनावी अभियानलाई निरन्तर अगाडि बढाईरहेका छन । पूर्वउर्जामन्त्री शर्मा पनि पुनः पथमा नै चुनावी मैदानमा नै छन । अचम्मको कुरा त वम विस्फोटको बारेमा कुनै धारणा नराखेका अनन्तले वाम तालमेलबाट उक्त समूह अत्तालिएर वम विस्फोट गराएको दावी गरेर घटनाबारे बिट मार्न खोजे ।

विस्फोट निन्दनीय छ तर पुन यसबारेमा मौन रहे । वाम गठबन्धनका नेताद्धय प्रचण्ड र केपी ओली भने यी प्रतिनिधि घटनाबारे अलि आक्रामक प्रतिक्रिया दिईरहेका छन । उनीहरुले चुनाव भाड्न सरकारै लागेको आरोप पनि लगाएका छन यिनै घट्ना प्रसंगहरु जोडेर । देशका दुई थान पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र ओली, जसलाई राज्यका गुप्तचरी रिर्पोटहरुको पनि बारम्वार सूचना हुन्छ, ले किन सरकारमाथि चुनाव भाडने आरोप लगाईरहेका छन ? सवाल निकै गंभिर हो ।

ओपन सेक्रेट हो की आगामी चुनावमा मतदानको दिन नजिकिँदै गएसँगै हिंसाका घटना फाटफुट हुदै फटाफट बढ्न थालेका छन । रुकुममा वाम गठबन्धनबाट प्रतिनिधि सभाका उमेदवार नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता तथा हाल विनाविभागीय बन्नपुगेका मन्त्री  शर्माको मोटरमा गरिएको बम प्रहार, नेता पुन माथिको माईन बिस्फोट वा नेपाली कांग्रेसका नेता तथा सोलुखुम्बुबाट प्रतिनिधि सभाका उमेदवार केसीको टोलीमाथिको सांघातिक आक्रमण प्रयाश चुनावी शान्तिका सुखद पूर्वसूचक अवश्यै होईन्न । 

रुकुममा भएको बम प्रहारलाई मन्त्री शर्माकै पुराना सहयोद्धा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीर्ले जनताले गरेको प्रतिकार’ भएको दाबी गरिरहदा रुकुममा चुनाव बहिष्कार गर्ने नेकपाका नेता कार्यकर्तालाई प्रहरीले दमन गरेको आरोप पनि सतहमा आएको छ । केही दिन पहिलेसम्म गृह मन्त्री रहेका शर्मामाथि चन्दको समूह आक्रोशित भएको र आक्रमण गरेको हुनसक्ने अनुमान मात्रैले यो आक्रमणको पाटो बन्द नहुने सन्देह त माओवादी अध्यक्ष प्रचण्डले नै व्यक्त गरिसकेका छन । प्रचण्डकै शव्दमा चुनाव बिथोल्न चाहने तत्व पनि यसमा जिम्मेवार हुनसक्छ । र यसको दोषको भागिदार सरकार नै हो, भलै सरकार कसरी दोषी भन्ने प्रचण्ड प्रमाण पेश भएको छैन ।

सत्य कुरा के हो भने कुनै पनि संकट बाजा बजाएर पक्कै आउदैन । स्थानीय चुनाव शान्तिपूर्ण भएको आलोकमा सरकार यो पट्क पनि चुनाव शान्तीपूर्ण रुपमा हुनेछ भन्ने भ्रममा छ भने यी प्रतिनिधि आक्रामक घटनाले सरकारको आखा खोलेको हुनुपर्छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई घटनाको सोलोडोलो दोष दिएर वा तिनमाथि सुरक्षा धरपकड बढाएर मात्रै घटनाका दोषीलाई  कानुनबमोजिम कारबाहीको हुँकार दिएर मात्रै चुनाव शान्तिपूर्ण हुन सक्छ भन्ने ग्यारेन्टी छैन । धान खाने मुसो चोट पाउने भ्यागुतो भने झैं यही निहुँमा घटनामा संलग्न नभएको व्यक्तिलाई सताउने काम प्रहरी प्रशासनबाट भयो भने त्यो सरकारका लागि आफ्नै खुट्टामा बन्चरो साबित हुन खतरा पनि छ । 

यदि हालका आक्रमणहरुको डिजाईनर, निर्देशक र मुल पात्र यदि चन्द नेतृत्वको नेकपा नै हो भने पनि चुनावमा लाभ हुने गरी यस्ता घटनालाई राजनीतिक प्रतिशोध वा क्यास गर्ने निहुँ खेती चुनावी सफलताका लागि घातक छ । कार्यकर्तालाई उत्तेजित बनाउन र जनसहानुभूति आकर्षित गर्न आफैँले आक्रमणको नाटक पनि रच्न सक्छन् । यसैले प्रहरीले नेताहरूको इसारामा हैन यस्ता घटनाको स्वतन्त्र छानबिन गर्नुपर्छ । तर, चुनावलाई हिंसात्मक हुन नदिन भने दलका नेताहरू पनि बढी जिम्मेवार र संयमित हुनु जरुरी देखिन्छ ।

संविधान कर्यान्वयनको आखिरी घडी मानिएको यो चुनावी सफलतामा कहीकतैबाट पनि वाधा व्यवधान नहोस भन्नेमा नै सरकार, विपक्षी वा दलहरु सचेत हुनु निर्विकल्प छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै