• २०८१ बैशाख १२ बुधबार

विश्वकपको आयोजक रसिया मैत्रिपूर्ण खेलमा अर्जेन्टिनासँग पराजित 

kharibot

काठमाडौँ ।  रसियाविरुद्धको मैत्रिपूर्ण खेलमा अर्जेन्टिना विजयी भएको छ । विश्वकप आयोजक रसियासँग शनिबार राति भएको खेलमा अर्जेन्टिना १–० ले विजयी भएको हो । 

मस्कोमा भएको खेलमा भ्रमण टोली अर्जेन्टिनालाई जिताउन खेलको अन्तिम समयमा म्यान्चेस्टर सिटीबाट खेल्ने सर्जियो अग्युरोले खेलको एक मात्र गोल गरेका थिए । 

लियोनल मेस्सीसहितको टिम अर्जेन्टिनाले रुसलाई खेल अवधिभर दबाबमा राखेको थियो । अग्युरोले दोस्रो प्रयासमा ८६औं मिनेटमा टिमका लागि विजयी गोल गरेका हुन् । 

गएको अक्टोबर ११ मा भएको दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत अन्तिम खेलमा मेस्सीको ह्याट्रिमकको मद्दतमा इक्वेडरलाई ३–१ ले हराएर अर्जेन्टिनाले विश्वकपमा स्थान पक्का गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै