• २०८१ बैशाख ८ शनिबार

किन रोए नेइमार ?

kharibot

काठमाडौँ ।  पिएसजीका ब्राजिलियन स्टार नेइमार एक पत्रकार सम्मेलनमा आफुलाई रोक्न नसकी रोइरहेको देखिएका छन् । 

नेइमार रुनुको कारण हो पछिल्लो समय उनीबारे आइरहेका समाचारको । पिएसजीमा नेइमार खुशी छैनन्, फेरी स्पेन फर्किदै छन्, कभानी र कोचसँग झगडा भएको छ जस्ता समाचार आएपछि नेइमारले आफुलाई रोक्न नसकी मिदको अगाडी नै रोएका हुन् ।

जापानसँगको मैत्रीपूर्ण खेलपछि आयोजित पत्रकार सम्मेलनमा नेइमारले आफु पेरिसमा निकै खुशी भएको बताउदै खेल मैदानमा सबथोक गर्न तयार रहेको बताए । मेरो कभानी या कोचसँग कुनै समस्या छैन तर यसबारे आएका समाचारले मलाई दुखि बनाएको छ नेइमारले भने । उनले मिडियालाई बनाएका समाचार ल्याउन बन्द गर्न अपनी आग्रह गरे । 

नेइमारलाई पिएसजीमा विशेष सुबिधाका साथ राखिएको पनि खुलासा भएको छ । यसअघि यस्तो सुबिधा जलाटन इम्ब्रहिमोविच या रिकार्डो रोजा कसैलाई पनि थिएन । नेइमार मात्र पिएसजीमा यस्ता खेलाडी हुन् जो यात्राका क्रममा आफ्ना निजी ब्रान्डका समान प्रयोग गर्छन जबकी अन्य खेलाडीहरुलाई त्यो छुट छैन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै