राष्ट्रपति भण्डारी सोमबार युएईको औपचारिक भ्रमणमा जादै

खरीबोट
ad

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्ने भएकी छन्  ।  

यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जानेछिन् । 

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् । 

राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछिन । 

राष्ट्रपति भण्डारीका साथ उनकी छोरी निशाकुसुम भण्डारी, आपूर्ति मन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनेछन् । 

राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारी गणतन्त्र दिवस समारोहमा

काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र दिवस २०७५ को उपलक्ष्यमा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक भइन । समारोहमा नेपाली सेनाको हेलिकोप्टरबाट गणतन्त्र दिवस अंकित ब्यानर प्रदर्शन गर्नुका साथै

सबै प्रकारको आमसञ्चारमा नेपालीको पहुँच पुर्याउने

काठमाडौँ । सरकारले सबै प्रकारका आमसञ्चारका माध्यममा नेपालीको पहुँच पुर्याउने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आमसञ्चार माध्यमलाई

न्याय सम्पादन छरितो र निष्पक्ष बनाइने

काठमाडौँ । सरकारले न्यायप्रणालीलाई स्वतन्त्र, सक्षम, पारदर्शी, छिटोछरितो र निष्पक्ष बनाई न्यायमा जनताको पहुँच वृद्धि गर्ने भएको छ ।  संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आज

निर्वाहमुखी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्न जोड

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सिँचाइसम्बन्धी आठौँ एशियाली क्षेत्रीय सम्मेलनको उद्घाटन गरीन् । तीनदिने सो सम्मेलनमा नेपालसहित यस क्षेत्रका ३० भन्दा बढी देशका ३०० प्रतिनिधिको सहभागिता रहेको छ । नेपालमा पहिलोपटक