राष्ट्रपति भण्डारी सोमबार युएईको औपचारिक भ्रमणमा जादै

खरीबोट

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक २७ देखि ३० गतेसम्म युएईको औपचारिक भ्रमण गर्ने भएकी छन्  ।  

यही कात्तिक २८ गते राष्ट्रपति भण्डारी र युवराज नेह्यानबीच औपचारिक वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी दुबई इमिरेटको भ्रमणमा पनि जानेछिन् । 

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण हुन लागेको जनाउँदै परराष्ट्र मन्त्रालयले शनिबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा राष्ट्रपति र युवराजबीचका बैठक एवं छलफल आपसी हित र द्विपक्षीय सहयोगका विषयमा केन्द्रित हुनेछन् । 

राष्ट्रपति भण्डारीले अबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित एक कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया गर्नेछिन । 

राष्ट्रपति भण्डारीका साथ उनकी छोरी निशाकुसुम भण्डारी, आपूर्ति मन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहनेछन् । 

राष्ट्रपति भण्डारी यही कात्तिक ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

सम्बन्धित समाचार

राष्ट्रपति भण्डारीसँग युएइका उप–राष्ट्रप्रमुख मोक्तुमको भेटवार्ता

दुबई ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त अरब इमिरेट्स (युएई) का उप–राष्ट्रप्रमुख तथा प्रधानमन्त्री शेख महम्मद बिन रसिद अल मोक्तुमले बुधबार जाबिल राजप्रासादमा औपचारिक भेटवार्ता गरेका छन् ।  उक्त अवसरमा दुई मुलुकबीच आपसीहितका समग्र पक्षका

राष्ट्रपति भण्डारी तथा युएईका सभामुखबीच भेटवार्ता

अबुधावी । राष्ट्रपति विद्यादेवी भण्डारीसँग मंगलबार अबुधावीमा संयुक्त अरब इमिरेट्स (युएई) को संघीय राष्ट्रिय परिषद्का सभामुख डा अमाल अल कुबैसीले भेटवार्ता गरेकी छन् ।   भेटका अवसरमा राष्ट्रपति भण्डारीले युएईको सभामुख भएकोमा  डा अल कुबैसीलाई

राष्ट्रपति भण्डारी तथा युवराज अल नेह्यानबीच औपचारिक वार्ता

अबुधाबी । राष्ट्रपति विद्यादेवी भण्डारी तथा संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज एंव युएईको सशस्त्र बलका नायब सर्वोच्च कमाण्डर शेख महम्मद बिन जाहेद अल नेह्यानबीच आज ‘क्राउन प्रिन्स कोर्ट’मा औपचारिक वार्ता

राष्ट्रपतिको एजेन्डाविहीन युएई भ्रमण : यसरी चिढिँदै छ कतार

काठमाडौं । कतारले नेपाली कामदारलाई तत्काल देश छोड्ने आदेश दियो भने राष्ट्रपतिको भ्रमणको प्रतिफल निस्किन्छ ! आफू नाकाबन्दीमा परेको देश कतारले म हाल (६ लाख नेपाली)लाई विदेशी नागरिक सुविधा सहुलियतसाथ