• २०८१ बैशाख १२ बुधबार

 हिमालयन बैंकमा राणा समुह हावी, बैकमा स्थापनाकादेखिको गुटवन्दी विवाद बढ्दै

kharibot

काठमाडौ । राणा समुहले एकलौटीरुपमा चलाउँदै आएको हिमायल बैकमा स्थापनकालदेखिको गुटवन्दी बिवाद यतिखेर उत्र्कषमा पुगेको छ । 

बिगतमा बैकका प्रमुख कार्यकारी अधिकृत अशोकशमसेर जवराको पदावधी थप्ने वा नथप्ने भन्ने बिषयमा बिवाद चुलिएकोमा हाल आएर सञ्चालक समितीका अध्यक्ष मनोज बहादुर श्रेष्ठको पदावधी थप्न वा नथप्ने भन्ने बिषयको बिवाद उत्कृर्षमा पुगेको हो । श्रोतका अनुसार हिमालयन बैकका सबैभन्दा बढी हावी देखिएको श्रेष्ठ समुह र राणा समुहबिचको बिवाद उत्र्कषमा पुगेको हो । 

गत बर्ष श्रेष्ठ समुह कुनैपनि हालतमा प्रमुख कार्यकारी अधिकृत राणाको पदावधी थप्नु हुन्न भन्ने पक्षमा रहेको थियो । त्यसको बावजुत पनि राणा प्रमुख कार्यकारीकोरुपमा आफ्नो पदावदी थप्न सफल भएका थिए । अहिले भने त्यसको बिपरित राणा समुहले अड्को थाप्दै कुनैपनि हालतमा अध्यक्ष श्रेष्ठको पदावधी थप गर्न नहुने अर्थात श्रेष्ठले अर्को कार्यकाल पनि अध्यक्ष हुन नपाउने भन्दै अवरोध सिर्जना गरेको छ । यो अवरोधका कारण व्यवस्थापन तथा सञ्चालन पक्ष कै बिचमा पनि गुटवन्दी सूरु भएको छ । नेपालको ठुला बाँणिज्य बैककोरुपमा रहेको हिमायन बैकमा पाकिस्तानको हविव बैक समेतको सेयर लगानी रहेको छ । ठुलो लगानी रहेको भएपनि हविव बैकका तर्फका प्रतिनिधित्व गर्ने सलिम अम्लारीले बैकको सञ्चालन तथा व्यवस्थापनमा कुनैपनि प्रकारको हस्तक्षेप गरेको छैनन । हिमालयन बैकको सञ्चालक समितीमा अम्लारी पहिलो भाईस चेयरम्यानकोरुपमा रहेकाछन । 

बैक भित्रको अर्को गुट भनेको प्रेम प्रकाश खेतान गुट हो । मोहन गोपाल खेतानको प्रतिनिधिकोरुपमा हिमायलनमा प्रेमप्रकाश खेतान दोस्रो भार्ईस चेयरम्यानकोरुपमा रहेकाछन । खेतान ग्रुपले पनि बैकबाट जुनरुपमा प्रतिफल पाउनु पर्थ्यो, जुनरुपमा बैकमा स्थान पाउनुपथ्र्यो त्योरुपमा पाएको छैन । यो अर्थमा खेतान र हविव बैकका अम्लारी हिमालयनको बोर्डमा रहेको भएपनि उनीहरुको प्रभाव शुन्य रहेको छ । उनीहरुको साथमा न कनै सञ्चालकहरु रहेकाछन नत उच्च तहका कर्मचारी र व्यवस्थापन नै रहेको छ । उनीहरुको खाली बैकका थापनाकोरुपमा रहदैंन आएकाछन । 

बैकको शक्तिशाली गुट भनेको राणा  र श्रेष्ठ  नै हो । प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बैकका संस्थापन अध्यक्ष हिमालय शमेर जवराको प्रतिनिधित्व  गर्दे आएकाछन भने अध्यक्ष मनोज बहादुर श्रेष्ठले नरसिंह बहादुर श्रेष्ठको प्रतिनिधित्व गर्दे आएकाछन । यो दुबै गुट सिंगो व्यवस्थापन तथा सञ्चालकहरुलाई हातमा लिएर एकले अर्कोलाई सिध्याउने खेलमा लागेकाछन । अहिले बैक भित्र देखिएको समस्या पनि यही नै हो । बैकमा बर्तमान अध्यक्ष श्रेष्ठको कार्यकाल आगामी चैत्रमा सकिदै छ, तर कार्यकाल नसकिंदै कसलाई अध्यक्ष बनाउने, श्रेष्ठको कार्यकाल थप्ने वा नथप्ने भन्ने बिषयमा बिवाद उत्पन्न भएको छ ।

राणा पक्ष कुनैपनि हालतमा श्रेष्ठको पदावधत्री थप गर्न नहुने पक्षमा रहेको छ । राष्ट बैकले कुनैपनि बैक तथा फाईनान्समा सञ्चालक तथा व्यवस्थापन प्रमुखकोरुपमा रहेका व्यक्ति दुई कार्यकाल भन्दा बढी उक्त पदमा बस्न नमिल्ने प्रावधान लागु गर्न लागेको अवस्थामा अध्यक्ष श्रेष्ठले अर्को कार्यकाल अध्यक्ष बन्न नपाउने अडान राणा समुहले राख्दै आएको छ । तर श्रेष्ठ समुहले भने राष्ट बैकको उक्त निर्देशन कार्यान्वयनमा आईनसकेकोले ऐन लागुभएपछिको मितीदेखि मात्र उक्त व्यवस्था लागु हुने भन्दै अर्को कार्यकाल पनि अध्यक्ष कै पदमा बस्न पाउनुपर्ने अडान राख्दै आएको छ ।

दुई कार्यकाल सम्वन्धी व्यवस्था कार्यान्वयनका बिषयमा संसदको अर्थसमितीमा समेत चर्को बहस भएकोले उक्त ऐन कार्यान्वयन भएको खण्डमा पनि ऐन लागु भएको मितीले थप दुई कार्यकाल आफुले अध्यक्ष खान पाउनुुपर्ने अडान श्रेष्ठले राख्दै आएकाछन । श्रेष्ठ र राणाको उक्त अडाप्रति खेतान गुटका प्रेम प्रकाश र हबिव गुटका अम्लारी भने मौन बस्दै आएको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै