• २०८१ बैशाख ६ बिहीबार

खानाका परिकारहरु घरदैलोसम्म पुर्याउने फुडमाण्डू ८औं वर्षमा प्रवेश

kharibot

काठमाडौँ । काठमाण्डौंका विभिन्न उत्कृट रेष्टुरेण्टहरुबाट खानाका परिकारहरु घरदैलोसम्म उपलब्ध गराउने एक अग्रणी सेवा प्रदायक कम्पनी फुडमाण्डूले आफ्नो सातौ वर्ष पूरा गरेको छ । यस अवसरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो बेवसाइटको नयाँ संस्करणको शुभारम्भ भएको घोषणा गरेको छ ।

आउँदा दिनहरुमा सेवा गुणस्तरलाई अझ बढाउँदै, सेवा प्रदान गर्ने स्थानहरुको परिधी तथा आफुसँग आवद्य रेण्टुरेण्टहरुको संख्या क्रमिक रुपमा बढाउँदै लाने योजना रहेको फुडमाण्डूका प्रमुख कार्यकारी मनोहर अधिकारीले जानकारी दिएका छन् ।

सन् २०१० नोभेम्बर ११ मा आफ्नो सेवा सुरुवात गरेको उक्त कम्पनीले स्थापनादेखि हालसम्म २ लाखभन्दा बढी अर्डरहरु ग्राहकहरुको घरदैलोसम्म डेलिभरी गरिसकेको छ ।

सक्षम, सपर्पित र लगनशील कर्मचारीहरु तथा उच्चस्तरीय प्रविधि र कुशल व्यवस्थापनको माध्यमबाट फुडमाण्डूले देशमा आफुलाई खानासँग सम्बद्र डेलीभरी सेवा प्रदान गर्ने एक भरपर्दो र चिरपरिचित कम्पनीको रुपमा स्थापित गर्न सफल भैसकेको छ ।

सातौ वर्षिकोत्सवको उपलक्ष्यमा कम्पनीले ११ नोभेम्बरदेखि ७ दिनका लागि प्रत्येक अर्डरमा ७ प्रतिशत छुट उपलव्ध गराउने योजना ल्याएको छ । ग्राहकहरुले कम्पनीको वेवसाइट, मोवाईल एप वा टेलिफोन जुनसुकै माध्यमबाट गरिने अर्डरमा यो छुट प्राप्त गर्न सक्नेछन । यसका साथै  डिसेम्बर १५ देखि नेपालमा नै पहिले पटक अनलाईन फुड फेस्टिबलको आयोजना गर्न गइरहेको जनाकारी पनी कम्पनीले गराएको छ ।

१७५ भन्दा बढी प्रख्यात रेष्टुरेन्टहरुसँग सहकार्य गर्दै आएको फुडमाण्डूले स्वादमा विविधता चाहने ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्नमा कुनै कसर बाँकी राखेको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै