• २०८१ बैशाख १४ शुक्रबार

कसरी हुन्छ स्तन क्यान्सर ? यस्ता छन् हालै पत्ता लागेका नयाँ कारणहरु

kharibot

उत्तर अमेरिका । स्तन क्यान्सर कसरी हुन्छ भन्ने बारे विश्वव्यापी रुपमा गरिएको अध्ययनले विभिन्न तथ्यहरु पत्ता लगाएको छ । विभिन्न खाले म्युटेसनका कारण स्तन क्यान्सर हुने गरेको नयाँ तथ्यले पत्ता लगाएको हो । म्युटेसन भनेको हाम्रो डीएनएमा आउने परिवर्तन हो । यो विभिन्न कारणले हुनसक्छ । एउटा वातावरणीय कारणले हुनसक्छ जस्तो सूर्यको परावैजनी किरण, धूमपान सेवन आदि यसका उदाहरण हुन् । त्यस्तै डीएनए कपी हुँदा पनि म्युटेसन हुनसक्छ ।

विश्वका विभिन्न ३ सय संस्थाले गरेको अनुसन्धान र अध्ययनअनुसार यसअघि पत्ता नलागेका ७२ वटा जिन म्युटेसनले स्तन क्यान्सरको विकास हुने गरेको पत्ता लागेको हो । गत सोमबार यसबारे चर्चित जर्नलहरु नेचर र नेचर जेनिटिक्समा यसको वर्णन गरिएको छ ।

अध्येताहरुको टोलीले नयाँ पहिचान गरिएका ६५ जेनेटिक भिन्नताहरु स्तन क्यान्सर भएका महिलाहरुमा समान पाइएको थियो । बाँकी ७ म्युटेसनले भने महिलाहरुमा एष्ट्रोजेन–रिसेप्टोर–नेगेटिभ स्तन क्यान्सर विकास गर्छ । जसले हर्मोनसम्बन्धी थेरापीलाई रेस्पोण्ड नै गर्दैन । नयाँ तथ्यले यसअघिको अनुसन्धानमा थप गरी १ सय ८० म्युटेसन स्तन क्यान्सरसँग सम्बन्धित रहेको पनि पत्ता लागेको छ ।  

बीआरसीए१ र बीआरसीए२

छ महादेशका करिब ५ सय ५० जनाको क्याम्ब्रिज युनिभर्सिटीका प्राध्यापक डग एष्टर्न नेतृत्वको अनुसन्धान टोली (अनकोअरे कनसोर्टियम)ले उक्त अनुसन्धान गरेको हो । अनुसन्धान टोलीले अनुसन्धानका क्रममा विश्वभरबाट करिब ३ लाख महिलाबाट रक्त नमूना संकलन गरेको थियो । जसमध्ये आधाजति महिला स्तन क्यान्सरबाट पीडित थिए । संकलित रगतबाट अनुसन्धान टोलीले डीएनए पनि प्रयोग गरेको थियो । सोही डीएनएबाट जेनेटिक म्युटेसनको नमूना खोजिएको थियो ।
डीएनए न्युक्लियक एसिडबाट बनेको हुन्छ ।

न्युक्लियक एसिड जब सही रुपमा किनारामा हुँदैन यसलाई नै जेनेटिक म्युटेसन भनिन्छ । बीआरसीए१ र बीआरसीए२ यी दुवै परिचित जिनहरु हुन् जसले म्युटेसन संकलन गर्दा स्तन क्यान्सरको जोखिम उच्च हुन्छ । अध्येताहरुका अनुसार बीआरसीए १ म्युटेसनमा १ लाख २५ हजार ९ सय ५० बेस पेयर (न्युक्लियककै तत्व)हरु हुन्छन् । उक्त संख्या मध्ये कुनै एउटा जिनमा राम्रो प्रोटिन नभए म्युटेसन हुन्छ भने पर्याप्त प्रोटिन नभएको जिनले रोग निम्त्याउँछ ।

नेशनल क्यान्सर इन्स्टिच्युट (अमेरिका)का अनुसार ५५ देखि ६५ प्रतिशत महिला जसमा बीआरसीए१ म्युटेसन हुन्छ र ४५ प्रतिशत महिलाहरुमा बीआरसीए२ म्युटेसन रहेको हुन्छ भने यी दुवै खाले ७० वर्षसम्मका महिलामा स्तन क्यान्सर हुने गर्छ । जे भए पनि बीआरसीए१ र बीआरसीए२ दुवैले म्युटेसनको जोखिम हुन्छ भने अहिले कम्तीमा पनि १ प्रतिशत महिलामा म्युटेसन रहेको मानिएको छ । उक्त अध्ययन टोलीले यसबाहेक अन्य कारण पनि पहिल्याउने प्रयास गरेको थियो ।

अरु म्युटेसनको खोजी

अनुसन्धाताहरुले जिनोम (कोषमा रहेको जिनहरुको समूह)भित्र १० लाख साइटमा डीएनएको मापन गरेका थिए । यीमध्ये प्रत्येक साइटमा महिलाहरुमा डीएनएको एकरुपतासँगै स्तन क्यान्सरचाहिँ फरक भए नभएको खोजी गरिएको थियो । क्युबेक सिटीको युनिभर्सिटी लाभालमा अनुसन्धाता रहेका ज्याक्स सिमार्डका अनुसार नयाँ पत्ता लागेका म्युटेसनले ५ देखि १० प्रतिशतसम्म मात्रै स्तन क्यान्सर गराउने बताइएको छ । एउटा व्यक्तिगत महिलामा दुईदेखि धेरै ससाना समानखाले जिन म्युटेसनका जोखिमहरु हुनसक्ने उनको भनाइ छ । यसले बीआरसीए१ र बीआरसीए२ संयुक्त रुपमा मिलेमा भने स्तन क्यान्सर गराउनसक्छ ।

क्यान्सर जोखिमको गणना  

तर विज्ञहरुका अनुसार यस्तो अनुसन्धान त्यति धेरै महत्वपूर्ण भने हुँदैनन् । तर यस्ता अध्ययनले भने यसको अध्येतालाई म्युटेसन पत्ता लगाउन सहयोग गर्नुका साथै क्यान्सर जोखिमको गणनामा सहयोग पुर्याउँछ । साधारणतया जीवनमा १२.५ प्रतिशत(अमेरिकामा) महिलामा क्यान्सरको जोखिम हुने उनीहरुको भनाइ छ । यसमा पनि १० प्रतिशत क्यान्सर वंशाणुगत रुपमै हुने गर्छन् ।   

एजेन्सीहरुको सहयोगमा ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै