मेसीले चिनेनन् आफ्नै सहकर्मी खेलाडी, यसरी मागे माफी 

खरीबोट

लियोनेल मेसीसँग फ्यान बनेर तस्बिर खिच्ने अर्जेन्टिनी युवा खेलाडी सेब्सटियन ड्रीउसी

काठमाडौँ । अर्जेन्टिनी खेलाडी लियोनेल मेसीले आफ्नै सहकर्मी खेलाडीलाई नचिनेको खुलासा भएको छ ।

घटना रसियाको हो । लियोनेल मेसी हाल रसियासँगको मैत्रीपूर्ण खेलका लागि रसियामा छन् । मेसी बसेको होटलमा उनका फ्यानहरु मेसिसँग फोटो खिचाउन आइरहेका थिए ।

यसैबीच अर्जेन्टिनाका युवा खेलाडी सेब्सटियन ड्रीउसी जो रसियाको क्लब जेनिट सेन्ट पिटरबर्गबाट खेल्छन उनि आफ्ना अर्जेन्टिनी खेलाडीसँग भेट्न होटेल पुगेका थिए । यसैबीच सेब्सटियनले मेसीले फ्यानहरुसँग फोटो खिचाइरहेको ठाउँमा गए । मेसिसँग फोटो खिचे र उनि त्यँहाबाट गए । सेब्सटियनले सो फोट इन्स्टाग्राममा पोष्ट गरेपछि मेसीले सो फोटो देखेपछि थाहा पाए की उनि आफ्ना फ्यान नभएर अर्जेन्टिना कै खेलाडी हुन् । २१ बर्षिय युवा खेलाडी सेब्सटियनले अर्जेन्टिनाका लागि अन्डर १७ र अन्डर २१ खेलिसकेका छन् बहने हाल रसियन क्लब जेनिट सेन्ट पिटरबर्गबाट खेल्ने गर्दछन् । 

मेसीले आफुबाट गल्ती भएको थाहा पाएपछि तुरुन्तै सेब्सटियन सम्पर्क गरेर माफी मागेका छन् । मेसीले अर्जेन्टिनाको फक्स स्पोर्ट्ससँग कुरा गर्दै सो घटना निकै नराम्रो लागेको बताएका छन् । ‘मैले त्यो बेला उनलाई चिनिन तर म् उनलाई चिन्छु र यसअघी हाम्रो कुरा पनि भएको थियो’ मेसीले भने । उनले मसँग तस्बिर खिच्न आग्रह गरे मैलेपनि मेरो फ्यान होलान जो मसँग तस्बिर लिन बसेका छन् भनेर स्वीकार गरे, मेसीले भने । तर जब मैले इन्स्टाग्राममा सो तस्बिर देखेपछि मैले उनीसँग माफी मागे, हामीले यसअघि कुरा गरेका थियौ र हाम्रो टाटु कलाकार पनि एउटी हो, मेसीले थपे । 

सेब्सटियनले इन्स्टाग्राममा फोटको लागि धन्यवाद आइडियल लियो मेसी भनेर सो तस्बिर सहित पोष्ट गरेका थिए ।   
  
 

सम्बन्धित समाचार

मेसीको नजरमा परे टोटन्ह्यामका मिडफिल्डर डेली अली

काठमाडौँ । नेइमारले बार्सिलोना छोडेपछि ठुला खेलाडी भित्राउने प्रयासमा रहेको बार्सिलोनाले हाल लिभरपुलबाट खेल्ने फिलिप कोन्टिन्होलाई भित्राउने फेरी प्रयास गरेको रिपोर्ट आइरहेका बेला कोन्टिन्हो प्रकरणमा हरेक दिन नयाँ ट्वीष्ट आइरहेका

मेसीको खेलले रोनाल्डोको बढ्यो ‘प्रेसर’

काठमाडौँ । विश्व फुटबलमा पछिल्लो १० बर्ष राज गर्दै आएका अर्जेन्टिनी फुटबलर लियोनेल मेसी र पोर्चुगीच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको चर्चा नभएको कुनै दिन हुदैन । अझ पछिल्लो समय त अर्जेन्टिनालाई विश्वकप

मेसीले दिए कोन्टिन्होको ठाउमा अन्य तीन खेलाडी ल्याउने सल्लाह, को को हुन् ति खेलाडी ?

काठमाडौँ । नेइमारले बार्सिलोना छोडेपछि ठुला खेलाडी भित्राउने प्रयासमा रहेको बार्सिलोनाले हाल लिभरपुलबाट खेल्ने फिलिप कोन्टिन्होलाई भित्राउने फेरी प्रयास गरेको रिपोर्ट आइरहेका बेला कोन्टिन्हो प्रकरणमा नयाँ ट्वीष्ट आएको छ ।  रिपोर्टका

तेस्रो बच्चाको पिता बन्दै लियोनेल मेसी 

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसी तेस्रो पटक पिता बन्दै छन् ।  मेसी र उनकी श्रीमती एन्टोनेला रोकुजुले सामाजिक सञ्जाल मार्फत सो कुराको घोषणा गरेका हुन् । बच्चा देखिकै साथी