मैत्रीपूर्ण खेलमा ब्राजिलद्वारा जापान पराजित, पेनाल्टी हान्न चुके नेइमार 

खरीबोट

काठमाडौँ । ब्राजिलले मैत्रीपूर्ण फुटबल खेलमा जापानलाई पराजित गरेको छ ।

शुक्रबार भएको खेलमा ब्राजिलले जापानलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । ब्राजिलका लागि नेइमार, मार्सेलो र गाब्रियल जिससले गोल गरेका थिए भने जापानका लागि एक गोल माकिनोले गरेका थिए ।

खेलको १०औ मीनेटमा ब्राजिलले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै नेइमारले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको १६औ मिनेटमा ब्राजिलले पाएको दोस्रो पेनाल्टीलाई भने नेइमारले गोल गर्न सकेनन् ।

तर १७औ मिनेटमा मार्सेलोले गोल गर्दै ब्राजिलको अग्रतालाई दोब्बर पारेका थिए । खेलको ३६औ मीनेटमा जिससले गोल गर्दै ब्राजिलले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो । दोस्रो हाफमा जापानका माकिनीले सान्त्वना गोल गरेका थिए । 

ब्राजिलले यसै साता इङल्याण्डसँग पनि मैत्रीपूर्ण खेल खेल्दै छ ।    
 

सम्बन्धित समाचार

पिएसजीले डिजोनमाथि गोल वर्षा, नेइमारले गरे ४ गोल 

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले डिजोनलाई गोलको वर्षा गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले डिजोन ८-० ले पराजित भएको हो ।  पिएसजीको जितमा नेइमारले ४ गोल गरेका थिए भने

ब्राजिलका फुटबलर रोनाल्डिन्होद्वारा सन्यासको घोषणा

काठमाडौँ । ब्राजिलका चर्चित फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका छन् । ब्राजिललाई २००२ को विश्वकप जिताउन महत्वपूर्ण भूमिका निभाएका चर्चित फुटबलर रोनाल्डिन्होले सन्यासको घोषणा गरेका हुन् । ३७ वर्षीय रोनाल्डिन्हो २०१५ देखि

रोनाल्डोलाई दिएर नेइमार भित्राउने दाउमा रियल म्याड्रिड, लगातारको हारपछि बढ्यो दबाब 

            काठमाडौँ । यसै सिजनमा बार्सिलोनाबाट रेकर्ड रकममा पिएसजी गएका ब्राजिलियन प्लेमेकर नेइमार रियल म्याड्रिड जाने चर्चा फेरी जोडतोडले चल्न थालेको छ ।   गएराती रियल म्याड्रिडले

युइएफए फ्यान टिममा मेसी र रोनाल्डो, फ्यानको रोजाइमा परेनन् नेइमार 

काठमाडौँ । सन् २०१७ को युइएफए फ्यान टिमको छनौटमा लियोनेल मेसी र रोनाल्डोले ठाउ बनाए पनि नेइमार भने असफल भएका छन् ।  ८.८ मिलियन भोटका आधारमा छानिएको सन् २०१७ को युइएफए