• २०८१ बैशाख ७ शुक्रबार

रेणु दाहालको पहिलो निर्णय : महिला र ज्येष्ठ नागरिकलाई सरकारी अस्पतालमा निःशुल्क बहिरंग सेवा

kharibot

फाइल तस्विर

चितवन ।  भरतपुर महानगरपालिकाकी नवनिर्वाचित प्रमुख रेणु दाहालले आइतबार साँझ पदभार ग्रहण गर्दै सरकारी अस्पतालमा महिला र ज्येष्ठ नागरिकलाई बहिरंग टिकट शुल्क निःशुल्क गर्ने निर्णय गरेकी छन् । 

प्रमुख दाहालले जिल्लाको सरकारी अस्पताल भरतपुरमा उपचारका लागि आउने महिला र ६० वर्ष नाघेका पुरुषको टिकट निःशुल्क गर्ने निर्णय गर्नुभएको हो । भरतपुर अस्पतालमा गत आर्थिक वर्षमा एक लाख ५५ हजार बिरामीले बहिरंग सेवा लिएका थिए । तीमध्ये ५५ प्रतिशत महिला र ज्येष्ठ नागरिक रहेको अस्पताल विकास समितिका सदस्यसमेत रहेका भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले बताए । जसका लागि वार्षिक रु ४१ लाख हाराहारी खर्च हुने उनको भनाइ छ । 

साठी वर्ष तलका महिलालाई बहिरंग टिकट शुल्क रु ३० लाग्दछ भने ज्येष्ठ नागरिकलाई रु १५ लाग्दछ । प्रमुखले पहिलो सदर गरेको निर्णयमा बिरामीको सङ्ख्या बढ्न सक्ने भन्दै वार्षिक रु ५९ लाख ४० हजार खर्चको अनुमोदन गरिएको छ । 

सो निर्णयको अनुमोदन गर्दै प्रमुख दाहालले महिलाको स्वास्थ्यका समस्यालाई आफूले राम्ररी बुझेको भन्दै महिलालाई उपचारको पहुँचमा ल्याउन बहिरंग टिकट निःशुल्क गरिएको बताए । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै