• २०८१ बैशाख ८ शनिबार

प्राधिकरणद्वारा अर्थ मन्त्रालय, राष्ट्र बैंक र बैर्कस एशोसियसनसँग छलफल

kharibot

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ३१ जिल्लामा भूकम्प पिडितहरुलाई निर्ब्याजी ऋण तथा अनुदानको रकम सहज रुपमा उपलव्ध गराउने बिषयमा सरोकारवाला निकायसँग छलफल गरेको छ । 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भूसालले बुधवार अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएशन, कर्जा सुरक्षण निगमका पदाधिकारीहरुलाई बोलाएर सामूहिक जमानी वा धितो जमानीमा निर्ब्याजी ऋण उपलव्ध गराउने सम्बन्धमा भइरहेका प्रयास र  त्यसलाई तिव्रता दिने बिषयमा छलफल गरेका हुन् ।

बैठकले भूकम्पबाट प्रभावित सबै जिल्लाका भूकम्प पिडितलाई बैंकिङ्ग सुविधा प्रदान गर्न स्थानीय तहमा बैंकका शाखाहरु खोल्ने सम्बन्धित बैंकहरुको पूर्व प्रतिबद्धतालाई सम्पन्न गर्ने कार्यलाई शिघ्रतापूर्वक अगाडि बढाउने निर्णय गरेको छ । त्यस्तै बैठकमा अब नयाँ खुल्ने बैंकहरुका लागि नेपाल सरकार तथा स्थानीय तहका सरकारले आवश्यक सुरक्षा व्यवस्था, सूचना तथा संचार, सडक, खानेपानी, विद्युत लगायतका पूर्वाधारहरुको व्यवस्था गर्न सम्बन्धित मन्त्रालयमा अनुरोध गर्ने निर्णय पनि गरेको छ । 

बैठकले नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार हालै जारी भएको सामूहिक जमानी वा धितो जमानीमा भूकम्पपीडितलाई निर्व्याजी ऋण उपलब्ध गराउने कार्यविधि संसोधन २०७४ कार्यान्वयनका लागि कार्ययोजना सहितको  प्रतिवेदन पेश गर्न ७ सदस्यीय कार्यदल गठन गरेको छ ।

बैठकमा अर्थ मन्त्रालयका सचिव शंकर प्रसाद अधिकारी.नेपाल राष्ट्र बैंकका कामु गर्भनर चिन्तामणी सिबाकोटी बैकर्स एशोसियशनका उपाध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगाना, निक्षेप तथा कर्जा सुरक्षण कोषका सिइओ बिष्णु वावु मिश्र लगायतलाई बोलाइएको थियो । प्राधिकरणका तर्फबाट बैठकमा कार्यकारी समिति सदस्य धुव्रप्रसाद शर्मा, सहसचिवद्वय यमलाल भूसाल, नेत्रप्रसाद सुवेदी, उपसचिव डा.भीष्मकुमार भूसाल लगायतको उपस्थिति थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै