• २०८१ बैशाख १३ बिहीबार

साताको सेयरबजार : कारोबार रकम १२ प्रतिशत बढ्यो

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७९ कम्पनीहरुको कारोबार भएको छ । जसअनुसार २९ हजार १३ वटा कारोबारबाट दुई अर्ब ५२ करोड ६४ लाख ९० हजार रुपैयाँबराबरका ६० लाख ५९ हजार ५ सय ४० कित्ता सेयरहरु खरिदबिक्री भएका छन् ।

कारोबार रकम गत साताभन्दा १२ दशमलव ४७ प्रतिशत बढी हो । गत साता एक सय ८१ कम्पनीहरुको कारोबार भएको थियो । जसअनुसार २२ हजार आठ सय ८२ कारोबारबाट दुई अर्ब २४ करोड ६२ लाख ९७ हजार रुपैयाँ बराबरका ६२ लाख ६६ हजार चार सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३५ दशमलव ७३ अंकले घटेर अन्तिम दिन १४ सय ६० दशमलव ७३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव ४१ अंकले घटेर तीन सय छ दशमलव ७९ अंकमा आइपुगेको छ ।

यो साता कारोबार रकम ११ करोड ५६ लाख रुपैयाँको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । कारोबार भएको सेयर संख्या एक लाख ७७ हजार कित्ताको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या २७ सय ९५ वटाको आधारमा नेपाल ग्रामिण विकास बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । कारोबार रकमका आधारमा साताका उत्कृष्ट पाँच कम्पनीहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेका छन् ।

त्यस्तै यो साता रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लि., एभरेष्ट बैंक, हाम्रो विकास बैंक र सेञ्चुरी कमर्सियलको हकप्रद तथा मिसन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै