• २०८१ बैशाख ८ शनिबार

राष्ट्रपतिद्वारा चिकित्सा शिक्षा अध्यादेश जारी

kharibot

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गरीन् । 

मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १० बमोजिम आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा डा गोविन्द केसीले अध्यादेशमार्फत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै