• २०८१ बैशाख ७ शुक्रबार

चुनावी महासंग्राम : कांग्रेसप्रति एमाले आक्रामक, माओवादी अझै नरम 

kharibot

काठमाडौँ । असोज १७ मा नाटकीय रुपमा एकता अभियानमा दुई वाम दल एमाले र माओवादी जुटेपछि देशमा कथित वाम र लोकतान्त्रिक गठबन्धनको रस्साकस्सी चुलिदो छ । एमाले अध्यक्ष केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवा एक अर्कालाई निकै आलोचना गरिरहेका छन । खासगरी एमाले अध्यक्ष देउवाविरुद्ध तल्लो स्तरको आलोचनामा उत्रेका छन । 

एमालेका अन्य नेताहरु पनि कांग्रेसप्रति रुखो रुपमा  आक्रोशित हुँदा बरु माओवादी अध्यक्ष प्रचण्ड काँग्रेसप्रति केही न केही सम्यमित देखिदै आएका छन । चुनावी कार्यक्रममा कांग्रेसको नामै नलिईकन इंगित गर्दै प्रतिक्रियावादीहरु तरङगित बनेको र अधिनायकबाद लाद्छ भनेर प्रचार गरिरहेको भन्दै माओवादी अध्यक्ष प्रचण्ड कम्युनिष्ट गठबन्धन लोकतान्त्रिक विधिभन्दा बाहिर नजाने विश्वास दिलाउन कोशिस गरिरहेका छन । 

यता प्रदेश तथा संसदको चुनावको मुखमा काँग्रेस महामन्त्री शशांक कोईरालाले वाम गठबन्धनले ल्याउने साम्यवादी एकाधिकारवादी सत्ताको काल्पनिक भूतलाई देखाउदै मतदातालाई आफूतिर तान्न खोजिरहेका छन । एक रेडियो  अन्तरवार्तामा महामन्त्री कोइरालाले एमाले र माओवादी केन्द्रले साम्यवाद ल्याउँछु भनेको भन्दै कम्युनिष्टहरुलाई साइजमा ल्याउनुपर्नेमा जोड दिएका छन । उनले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा राखेका छन् । यदि एमाले माओवादी गठबन्धनले जिते र जनमत संग्रह गरिएन भने जनता आफैं उठ्ने कोइरालाले बताएका छन् ।

एकैपट्क सत्तामा पनि रहने र प्रतिपक्षिसँग पनि चुनावी तालमेल तथा पार्टी एकतामा रौस्सिएका प्रचण्डले आफ्नो पार्टी कहिले दायाँ र कहिले बायाँ ढल्किएको स्वीकार गरे । अघिल्लो वर्ष केपी ओलीसँग र पछिल्लो वर्ष काँग्रेससँग सत्तायात्रा गर्दाको राजनीतिक सत्तासाईनोको अवसरवादी चरित्रको उनले सक्दो बचाउ गर्ने कोशिस गरिरहेका छन् निर्वाचन प्रचारको क्रममा ।

अघिल्लो वर्ष केपी ओलीसँग र पछिल्लो वर्ष काँग्रेससँग सत्तायात्रा गर्दाको राजनीतिक सत्तासाईनोको अवसरवादी चरित्रको उनले सक्दो बचाउ गर्ने कोशिस गरिरहेका छन् निर्वाचन प्रचारको क्रममा ।

आफ्नो संवोधनको अधिकांश समय कम्युनिष्ट गठबन्धन, वर्तमान संविधान र व्यवस्था वा सत्तासहयात्री दलको विपक्षमा नरहेको तर्कहरुसहित प्रष्टोक्ति दिन खर्चिएका प्रचण्डले यो लुकिछिपी, षड्यन्त्र र बेइमानीको कुरा नभएको जिकीर गरेर ईमान्दारीताको प्रचण्ड शैली देखाउन खोजे । 

एकातिर सत्तासहयात्री काँग्रेसलाई पनि चुनावसम्म सत्तामा बस्नका खातिर रिझाउनै पर्ने र अर्कोतिर एकताका लागि विपक्षीलाई पनि चिढयाउन नहुने द्धैध मनोदशाका बीच प्रचण्डले अन्तर्राष्ट्रिय समुदायलाई पनि अनावश्यक आशंका नगर्न आग्रह गरे । ‘अहिले बजारमा नेपालमा कम्युनिज्म आइहाल्ने भयो जस्ता जेचर्चा परिचर्चा भएका छन, त्यो दुःखद प्रचार हो, विडम्बना हो’।  वाह, प्रचण्ड कथनको चुरो कुरो वाम एकता साम्यवाद स्थापनाको लागि होईन । 

प्रचण्डको यो भनाईले उनका यी मौसम बेमौसमका समग्र राजनीतिक मुभहरु देशमा साम्यवाद ल्याउनका लागि होईन है भन्ने नै प्रचण्ड मर्म थियो । वाम गठबन्धनलाई कम्युनिष्ट सर्वसत्तावाद स्थापनातिरको षडयन्त्र देख्नेहरुका लागि प्रचण्ड प्रष्टोक्तिले उनी अब संसदवादका हिमायती र रक्षक भएको झल्को दिन्छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले कम्युनिष्टहरुबीचको एकता कसैकाविरुद्ध परिलक्षित नभएको भनेर सत्तासहयात्री काँग्रेसदेखि विदेशीसम्मलाई कन्भिन्स गर्ने हेतुले दिएको प्रष्टोक्तिले स्पष्ट पार्दथ्यो, डा. बाबुरामले मात्रै होईन, प्रचण्डले पनि कम्युनिष्ट ह्याँगबाट उन्मुक्ति चाहेका छन । समाजवादी क्रान्तिका लागि एमालेसँगको एकता गर्न लागेको बताउने प्रचण्डले साथमा माओवादी ह्यांगबाट मुक्ति खोजेको तथ्य अब ओपन सेक्रेट भैसक्यो ।

आफ्नो पार्टीलाई सबैभन्दा बढी संघर्ष र सबैभन्दा बढी बलिदान गरेको पार्टीका रुपमा व्याख्या गर्दा गर्दै पनि प्रचण्डले आफूहरु कम्युनिष्ट नाम र झण्डाका आधारमा मात्रै रहेको अन्यथा यही व्यवस्थाको हिमायती रहेको बताईसके संसदको रोष्ट्रमबाटै । जनयुद्धका जगमा देश बदल्ने कसम खाएर साम्यवादी सत्ताको परिकल्पनामा १७ हजार बढीको ज्यान जखमीमा पारेका प्रचण्डले अन्ततः त्यो गलत थियो भन्ने शव्दावली मात्रै आफनो मुखारविन्दबाट ओकलेनन्, भनेनन्, अन्यथा यही वर्तमान उपलव्धीमा त्यो लाल क्रान्ति र बलिदानको उपलव्धी भएको सन्देश दिए । यस अर्थमा अब प्रचण्डबाट लोकतन्त्रमाथि खतरा देख्नेहरुलाई सखानुभुति भएको हुनुपर्छ ।

सीपि मैनालीदेखि नारायणमान विजुक्छेसम्म, चित्र बहादुर केसीदेखि मोहन वैद्य र नेत्र विक्रम चन्दसम्मले वाम एकतालाई पत्याएका छैनन् । तर काँग्रेस महामन्त्रीदेखि सभापतिसम्म भयभित र त्रस्त छन ।

तर प्रचण्डका यी यावत स्पष्टीकरणहरुका बाबजुत वा काँग्रेसलाई नजिस्कयाउने, नबिच्क्याउने र संसदबादबाट दायाँ बायाँ नहुने कसमका वीच काँग्रेस वाम गठबन्धनबाट झस्किएको तथ्य सभापति देउवाले कम्युनिष्ट शासनमा त रुन पनि पाईदैन भनेर दिएको भाषण वा महामन्त्री कोईरालाले साम्यवादका लागि वामहरु मिलिसकेका हुन भन्ने भनाईले प्रष्ट पार्छ । आखिर काँग्रेस किन यति धेरै त्रस्त छ वाम एकताको लहरबाट ? फेरि एमाले र माओवादी बाहेक कुनै पनि साना वाम दल यो एकता अभियानमा सामेल भएका छैन्न । सीपि मैनालीदेखि नारायणमान विजुक्छेसम्म, चित्र बहादुर केसीदेखि मोहन वैद्य र नेत्र विक्रम चन्दसम्मले वाम एकतालाई पत्याएका छैनन् । तर काँग्रेस महामन्त्रीदेखि सभापतिसम्म भयभित र त्रस्त छन । आखिर किन वामले नै नपत्याएको वाम गठबन्धन केवल सत्ता प्राप्तीको भरयाँग हो भने, काँग्रेसले साम्यवादी भूतसंग नडराएर आफ्ना कुरा जनतामा स्पष्टसँग राखेर चुनावी खेल जित्न पो अघि बढ्नु पर्ने होईन र ?

सिद्धान्त र पार्टीका विधान वा दस्तावेजमा जे नै लेखिए पनि एमाले वा माओवादी अब भाई काँग्रेस प्रमाणित भैसकेका दल हुन । नाम र झण्डाको कारण नै उनीहरु वामपन्थी कहलिन्थे भने देशमा साम्यवाद आईसकेको हुनुपर्ने थियो । नामैले केही हुदैन भन्ने वाम सत्ताका बिगतहरु नै काफी उदाहरण छन ।

यस्तो मौकामा बरु काँग्रेसले आन्तरिक पार्टी एकतालाई भावनात्मक रुपमा बलियो र चुस्त पार्दै विपक्षीको हाउगुजी होईन, आफ्नो शक्ति जनतामा देखाउने आाट गर्नु हितकारी हुने थियो की ? काँग्रेसले वाम एकतालाई रामधुलाई गर्न आलोचना भन्दा बढी आफ्ना कुरा जनतासंग भन्ने र जनतासंग टुटेको साईनो पुनः जोडन पो बल गर्ने हो की ?
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै