• २०८१ बैशाख ८ शनिबार

नयाँ शक्तिका उम्मेदवारले नै पार्टी छोडे, कांग्रेसलाई समर्थन गर्ने घोषणा  

kharibot

फिदिम । पाँचथरबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका नयाँ शक्ति पार्टी नेपालका दुई जना उम्मेदवारसहित चार जनाले पार्टी छाडेको घोषणा गरेका छन् । 

प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दिएका दिलबहादुर लावती र समानुपातिक उम्मेदवार रमेश परियारले विज्ञप्ति जारी गर्दै पार्टी परित्यागसहित उम्मेदवारी फिर्ता गरेको घोषणा गरेका हुन् ।

‘राजनीतिक स्थायित्वका लागि भनेर खोलिएको हाम्रो पार्टीका नेताहरु आफै अस्थिर बने’ विज्ञप्तिमा भनिएको छ ‘नेतृत्वको ढुलमुले चरित्रको कारण हाम्रो उम्मेदवारी फिर्ता लिँदै पार्टी परित्याग गरेको घोषणा गर्दछौँ ।’ 

कानुनी रुपमा आफ्नो उम्मेदवारी फिर्ता हुन नसके पनि राजनीतिक रुपमा आफ्नो उम्मेदवारी दिर्ता गरेको विज्ञप्तिमा भनिएको छ । उनीहरुले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्दै पार्टी छाडेर उम्मेदवारी फिर्ता गरिएको जानकारी दिएका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै