• २०८१ बैशाख ७ शुक्रबार

शैक्षिक गतिविधि गर्न माग राख्दै स्थानीय तहलाई ज्ञापनपत्र

kharibot

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले आज देशभर ७५३ वटै स्थानीय तहमा विभिन्न शैक्षिक गतिविधि गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । 

क्रान्तिकारीले आज देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखलाई स्थानीयस्तरबाट शैक्षिक गतिविधि सञ्चालन गर्नका लागि ज्ञापनपत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

उनले अधिकारसम्पन्न स्थानीय तह बनेपछि स्थानीय तहबाट शैक्षिक क्रियाकलाप हुनुपर्ने माग राख्दै आज देशभरका स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको बताए ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि बस्नेत नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरप्रमुख शाक्यले सानासाना शैक्षिक गतिविधिको काम भइरहेको भन्दै ठूला काम चाँडै शुरु गरिने बताए ।

दशबुँदे ज्ञापनपत्रमा सार्वजनिक शिक्षाको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने, प्राथमिक तहमा मातृभाषामा विद्यालय खोलिनुपर्ने, १०५ विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, विपन्न विद्यार्थीका लागि आवास र खाद्य सामग्रीको बन्दबस्ती गर्नुपर्नेलगायत माग समेटिएको छ ।

यस्तै संविधानमा नागरिकको मौलिक हकका रुपमा लिपिबद्ध शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई कार्यान्वयन गर्ने दिशामा अग्रसर हुन, आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य गर्नका लागिसंवैधानिक व्यवस्था लागू गर्न माग गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै