शैक्षिक गतिविधि गर्न माग राख्दै स्थानीय तहलाई ज्ञापनपत्र

खरीबोट

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी)ले आज देशभर ७५३ वटै स्थानीय तहमा विभिन्न शैक्षिक गतिविधि गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको छ । 

क्रान्तिकारीले आज देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुखलाई स्थानीयस्तरबाट शैक्षिक गतिविधि सञ्चालन गर्नका लागि ज्ञापनपत्र बुझाएको क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए ।

उनले अधिकारसम्पन्न स्थानीय तह बनेपछि स्थानीय तहबाट शैक्षिक क्रियाकलाप हुनुपर्ने माग राख्दै आज देशभरका स्थानीय तहका प्रमुखलाई ज्ञापनपत्र बुझाइएको बताए ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि बस्नेत नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझ्दै महानगरप्रमुख शाक्यले सानासाना शैक्षिक गतिविधिको काम भइरहेको भन्दै ठूला काम चाँडै शुरु गरिने बताए ।

दशबुँदे ज्ञापनपत्रमा सार्वजनिक शिक्षाको स्तरोन्नतिका लागि पर्याप्त बजेट छुट्याउनुपर्ने, प्राथमिक तहमा मातृभाषामा विद्यालय खोलिनुपर्ने, १०५ विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, विपन्न विद्यार्थीका लागि आवास र खाद्य सामग्रीको बन्दबस्ती गर्नुपर्नेलगायत माग समेटिएको छ ।

यस्तै संविधानमा नागरिकको मौलिक हकका रुपमा लिपिबद्ध शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई कार्यान्वयन गर्ने दिशामा अग्रसर हुन, आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य गर्नका लागिसंवैधानिक व्यवस्था लागू गर्न माग गरिएको छ । 

सम्बन्धित समाचार

चिकित्सा शिक्षा विधेयक फिर्ता हुँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौँ / शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभामा पेश भएको चिकित्सा शिक्षा विधेयक परिमार्जन गर्न सकिने तर फिर्ता नहुने बताएका छन ।  बीस दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत चिकित्सक

वार्षिक पाँच सय बढी विद्यार्थी चिकित्सा शिक्षाका लागि विदेशिन्छन्

काठमाडौँ / चिकित्सा शिक्षाका लागि वार्षिक ५०० बढी विद्यार्थी विदेशिने गरेको पाइएको छ । हरेक वर्ष नेपालका पाँच मेडिकल कलेजमा पढ्ने विद्यार्थीबराबरको संख्या विदेशिने गरेको पाइएको हो ।  त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति

सरकार जुम्ला पुगेर डा.गोविन्द केसीसँग वार्ता गर्दैन – शिक्षामन्त्री पोखरेल 

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सरकारले जुम्ला पुगेर डा.गोविन्द केसीसँग वार्ता नगर्ने बताएका छन् । काठमाडौंमा शुक्रबार भएको शिक्षा पत्रकारिता पुरस्कार वितरण समारोहमा मन्त्री पोखरेलले सरकार वार्ता विरोधी होइन भन्दै जुम्लामा

डा. केसीको आन्दोलन, महंगिँदो मेडिकल शिक्षा र गैरजिम्मेवार ओली सरकार 

काठमाडौं । बारम्बार मेडिकल चिकित्सा शिक्षाको सुधार र मेडिकल माफियाविरुद्ध अनशन बसिरहने कारण सामाजिक अभियन्ताको छवि कमाएका डा. गोविन्द केसी अहिले पनि अनशनमै बसिरहेका छन् । उनी अनशन बसेको बुधबार