• २०८१ बैशाख १३ बिहीबार

रियाद एयरपोर्टलक्षित क्षेप्यास्त्र प्रहारको नेपालद्वारा भत्र्सना

kharibot

दक्षिण एसिया । नेपालले केही दिनअघि साउदी अरेबियाको राजधानी रियादमा रहेको विमानस्थललाई लक्षित गरी यमनका हुथी विद्रोहीले प्रहार गरेको क्षेप्यास्त्रको घटनाको भत्र्सना गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त घटनालाई संवेदनहीन भन्दै घोर भत्र्सना गरेको हो ।

नेपाल सधैँ हिंसा र आतंकको विपक्षमा रहेको भन्दै सबैखाले आतंकवादी क्रियाकलापको नेपालले भत्र्सना गर्ने विज्ञप्तिमा जनाइएको छ । गत आइतबार उक्त घटना भएको थियो ।

यमनका हुथी विद्रोहीले रियाद एयरपोर्टलक्षित क्षेप्यास्त्र प्रहार गरे पनि साउदी अरेबियाले आकाशमै त्यसलाई नष्ट गरिदिएको थियो । मिसाइल सानो आकारको रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै