• २०८१ बैशाख ७ शुक्रबार

निर्वाचित प्रतिनिधी बैक तथा फाईनान्स कम्पनीहरुको सञ्चालक हुन नपाउने

kharibot

संघिय तहमा निर्वाचित जनप्रतिनिधीहरुले बाँणिज्य बैक, बिकास बैक वा फाईनान्स कम्पनीहरुको सञ्चालक हुन नपाउने भएकाछन । राष्ट्र बैकले सोमबार बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे निर्वाचित जनप्रतिनिधीहरुलाई बैकको सञ्चालक हुन नपाउने व्यवस्था लागु गर्न निर्देशन दिएको हो ।

संघिय संरचना अनुसार स्थानीय, प्रादेशीक तथा संघिय तहको निर्वाचनमा निर्वाचित व्यक्तिहरु राष्ट्र बैकबाट ईजाजत प्राप्त संस्थामा सञ्चालक रहंदा संस्थागत सुशासनको पक्ष कमजोर हुुन सक्ने हुंदा त्यस्ता पदाधिकारीहरुलाई पदमा बहाल रहुञ्जेल बैक तथा बित्तीय संस्थाको सञ्चालककोरुपमा प्रतिनिधित्व गर्न पाउने छैनन, राष्ट्र बैकले भनेको छ ।

नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग उक्त व्यवस्था लागु गर्न निर्देशन दिएको राष्ट्र बैकले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै