निर्वाचित प्रतिनिधी बैक तथा फाईनान्स कम्पनीहरुको सञ्चालक हुन नपाउने

खरीबोट

संघिय तहमा निर्वाचित जनप्रतिनिधीहरुले बाँणिज्य बैक, बिकास बैक वा फाईनान्स कम्पनीहरुको सञ्चालक हुन नपाउने भएकाछन । राष्ट्र बैकले सोमबार बाँणिज्य बैक, बिकास बैक र फाईनान्स कम्पनीहरुको नाउँमा परिपत्र जारी गर्दे निर्वाचित जनप्रतिनिधीहरुलाई बैकको सञ्चालक हुन नपाउने व्यवस्था लागु गर्न निर्देशन दिएको हो ।

संघिय संरचना अनुसार स्थानीय, प्रादेशीक तथा संघिय तहको निर्वाचनमा निर्वाचित व्यक्तिहरु राष्ट्र बैकबाट ईजाजत प्राप्त संस्थामा सञ्चालक रहंदा संस्थागत सुशासनको पक्ष कमजोर हुुन सक्ने हुंदा त्यस्ता पदाधिकारीहरुलाई पदमा बहाल रहुञ्जेल बैक तथा बित्तीय संस्थाको सञ्चालककोरुपमा प्रतिनिधित्व गर्न पाउने छैनन, राष्ट्र बैकले भनेको छ ।

नेपाल राष्ट्र बैक ऐन २०५८ को दफा ७९ ले दिएको अधिकारी प्रयोग उक्त व्यवस्था लागु गर्न निर्देशन दिएको राष्ट्र बैकले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

राष्ट्र बैंकले बुधबार १५ सय करोडको रिभर्स रिपो जारी गर्ने

नेपाल राष्ट्र बैंकले भोलि बुधबार १५ सय करोड रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने गरी रिभर्स रिपो जारी गर्नलागेको

राष्ट्र बैंकले एक वर्षमा १४ हजार पाँच सय करोड आन्तरिक ऋण उठाउने 

काठमाडौ, नेपाल राष्ट्र बैकले आर्थिक बर्ष २०७४—०७५ मा कुल १४ हजार पाँच सय करोड रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैकले बिहिबार चालुु आर्थिक बर्षमा उठाईने आन्तरिक ऋणको तालिका सार्वजनिक

पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र आईतबार 

काठमाडौँ, आगामी आईतबार नेपाल राष्ट्र बैैकले पाँच अर्ब रुपैयाँको बिकास ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैकले पाँच वर्ष अवधिको “विकास ऋणपत्र २०७९ घ” बोलकबोल प्रक्रियाद्वारा बिक्री गर्न लागेको हो

बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको योग्यता तोकियो

काठमाडौँ, नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव तोकेको छ ।  राष्ट्र बैंकले आज परिपत्र जारी गर्दैे बैंक तथा वित्तीय