स्पेस एक्सको नयाँ पुस्ताको रकेट टेक्सासमा पड्कियो

खरीबोट

फाइल तस्बिर

उत्तर अमेरिका । एलेन मस्कको कम्पनी स्पेस एक्सले बनाउँदै गरेको नयाँ पुस्ताको रकेट इन्जिन परीक्षणका क्रममा विष्फोट भएको छ । गत आइतबार मर्लिन इन्जिन जसले फाल्कोन ९ रकेटलाई उडाउँछ, सो इन्जिन विष्फोट भएको हो । यद्यपि उक्त विष्फोटनमा कोही पनि घाइते नभएको कम्पनीले जनाएको छ । यसबारे कम्पनीले अनुसन्धान पनि सुरु गरिसकेको उल्लेख गरेको छ ।

कम्पनीले यसकै कारण कम्पनीको उद्देश्यप्राप्तिमा प्रभाव पर्न नहुने जनाउँदै आफ्नो कार्यक्षेत्रमा प्रतिबद्ध रहेको जनाएको छ । पड्किएको इन्जिन नयाँ र अहिलेसम्म नउडेको बताइएको छ । यद्यपि सोही इन्जिन आगामी वर्ष प्रक्षेपण गरिने रकेटमा जडान गरिनेवाला भने रहेको थियो ।

यो घटनापछि फाल्कन ९ मा प्रयोग हुने ब्लक ५ संस्करणका इन्जिनहरु अहिलेलाई कम्पनीले सस्पेण्ड (निलम्बन, रद्द) गरेको छ । सन् २०१५ मा स्पेस एक्सको फाल्कन ९ रकेट प्रक्षेपण गरेको केही मिनेटमै पड्किएको थियो । उक्त रकेट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा कार्गो लैजान प्रक्षेपण गरिएको थियो ।

त्यतिबेला रकेटमा कोही पनि थिएनन् । यस्तै २०१६ को सेप्टेम्बरमा पनि फाल्कन ९ रकेट पड्किएको थियो । त्यतिबेला पनि कोही पनि घाइते वा हताहत भएका थिएनन् । यद्यपि कम्पनीले यो वर्षमात्रै १६ पटक सफलतापूर्वक रकेट प्रक्षेपण गरिसकेको छ । अघिल्लो वर्षको तुलनामा यो दोब्बर प्रक्षेपण हो ।

सम्बन्धित समाचार

नासाले आणविक शक्तियुक्त रकेट इन्जिनको परीक्षण यही महिनामा सुरु गर्ने

उत्तर अमेरिका । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले बहुप्रतीक्षित आणविक रकेट इन्जिनको परीक्षण यही वर्ष गर्ने भएको छ । युरेनियम रियाक्टर प्रयोग हुने र दोब्बर किलोपावर शक्तिशाली क्षमतायुक्त इन्जिनको सहायताले नासाले

स्पेस एक्सको नयाँ पुस्ताको रकेट टेक्सासमा पड्कियो

उत्तर अमेरिका । एलेन मस्कको कम्पनी स्पेस एक्सले बनाउँदै गरेको नयाँ पुस्ताको रकेट इन्जिन परीक्षणका क्रममा विष्फोट भएको छ । गत आइतबार मर्लिन इन्जिन जसले फाल्कोन ९ रकेटलाई उडाउँछ, सो

नासाद्वारा न्युक्लियर रकेट बनाउन १८ मिलियन डलरको सम्झौता, मंगलग्रह अब चार महिनामै पुगिने !

न्युयोर्क । अमेरिकी अन्तरिक्ष अनुसन्धानसम्बन्धी संस्था नासाले न्युक्लियर रकेट बनाउनेसम्बन्धी काम थालेको छ । अंग्रेजी वेबसाइट न्युसाइन्टिष्ट डटकममा प्रकाशित समाचारअनुसार अन्तरिक्ष संस्था (नासा)ले भर्जिनियास्थित लिंकबर्गमा रहेको बीडब्ल्युएक्स टेक्नोलजीसँग १८.८ मिलियन