• २०८१ बैशाख ६ बिहीबार

कांग्रेसको चुनावी कार्ड : धर्म निरपेक्षताबारे जनमत संग्रह !

kharibot

काठमाडौँ । असोज १७ मा ठूला वाम दल नेकपा एमाले र माओवादीले चुनावी तालमेलसहित पार्टी एकताको अभियान थालेपछि सबै भन्दा बढी चेपुवामा परेको सत्तारुढ नेपाली काँग्रेस नै हो । उसले वाम गठबन्धनका संभावित चुनावी विजय रोक्न अहिले रामवाणका रुपमा वाम गठबन्धनले ल्याउने साम्यवादी एकाधिकारवादी सत्ताको काल्पनिक भूतलाई देखाईरहेको छ । नामले वामपन्थी र काम व्यवहारले दामपन्थी र सत्तामुखी बनेका नेपाली वामहरुसंग काँग्रेस भित्रैदेखि डराएको भने उसका नेताहरुको टिप्पणीले पनि स्पष्ट पार्दछ । काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवादेखि महामन्त्री शशांक कोईराला सबै खाले नेता अहिले वाम सत्ताले ल्याउने साम्यवादी निरंकुशताको भूत देखाएर वाम विजयमा तगारो हाल्न प्रयाशरत छन । 

त्यसबाहेक काँग्रेसले हिन्दूत्वको मुद्धामा टेकेर वाम एकताले बटुल्न खोजिरहेको जनमत आफैतिर तान्ने प्रयाश पनि थालेको छ । यसका लागि यो चुनावमा नै काँग्रेस हिन्दूत्वको मुद्धामा फर्किसकेको त छैन । तर चुनाव लगत्तै उसले हिन्दूत्वकै मुद्धामा वाम एकतालाई चुनौति दिने स्पष्ट पारेको छ । त्यसको पुष्टि शक्तिशाली नेता तथा महामन्त्री शशांक कोईरालाले एक रेडियो अन्तर्वार्तामार्फत गरिसकेका छन । बीबीसी नेपाली सेवासँगको अन्तरवार्तामा महामन्त्री कोइरालाले कांग्रेस आफ्नो इतिहासमा अहिले नेतृत्व कमजोर अवस्थामा रहेको स्वीकार गरे पनि एमाले र माओवादी केन्द्रले साम्यवाद ल्याउँछु भनेको भन्दै महामन्त्री कोइरालाले कम्युनिष्टहरुलाई साइजमा ल्याउनुपर्ने बताए । उनले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा राखेका छन् । यदि एमाले माओवादी गठबन्धनले जिते र जनमत संग्रह गरिएन भने जनता आफैं उठ्ने कोइरालाले बताएका छन् ।

हिन्दूत्वको मुद्धा, काँग्रेस र राप्रपाको एकस्वर ?

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी घोषणा पत्र सार्वजनिक गरिरहदा सबैभन्दा बढी महत्व दिएर संझियो काँग्रेसका एक संस्थापक तथा विचारक जननायक विपी कोईरालालाई ।  झापा ३ मा बाहेक देशभर नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसंग सहकार्य गरेको राप्रपाबाट प्रतिनिधि सभा सदस्यका लागि पाँच तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि २० जनाले उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा जनताको अभिमत संकलनका लागि मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सावजिनिक गरेको घोषणापत्रमा राप्रपाले संवैधानिक राजसंस्थालाई निरन्तरतासहितको परिवर्तनका रुपमा समावेश गर्दै गर्दा संझेको हो, जननायक विपी कोईरालालाई । जननायक कोईरालाको मेलमिलापको नीतिको उसले खुलेर समर्थन मात्रै गरेन आवश्यक्ता र औचित्य प्रष्ट्यायो । पार्टीले स्थापनाकालदेखि नै हिन्दू राष्ट्र, संवैधानिक राजसंस्था र एकात्मक राज्य प्रणालीको विषयलाई दीर्घकालीन कार्यदिशा बनाएको दाबी गरिरहदा उसलाई विपीको मेलमिलाप नीतिको अभाब खटकिएको देखियो ।

तर भोलिपल्टै वुधवार राप्रपा समेतका सबै राजावादी हिन्दूवादी तप्कालाई जवाफ पुग्ने गरी काँग्रेस महामन्त्री शशांक कोईरालाले राजतन्त्रको मुद्धा समाप्त भैसकेको प्रष्ट पारे । बीबीसी नेपाली सेवासँगको अन्तरवार्तामा महामन्त्री कोइरालाले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा राखेका छन् । यदि एमाले माओवादी गठबन्धनले जिते र जनमत संग्रह गरिएन भने जनता आफैं उठ्ने कोइरालाको दाबी थियो । तर राजतन्त्रबारे भने जनमत संग्रह गर्नु नपर्ने कोइरालाले बताए । उनले भने, अब राजतन्त्र फर्काएर केही हुनेवाला छैन ।’ 

हिन्दूवादी तप्कालाई जवाफ पुग्ने गरी काँग्रेस महामन्त्री शशांक कोईरालाले राजतन्त्रको मुद्धा समाप्त भैसकेको प्रष्ट पारे । बीबीसी नेपाली सेवासँगको अन्तरवार्तामा महामन्त्री कोइरालाले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा राखेका छन् ।

तिहारको भाईटीकामा जनताको एकमतको माग भएमा आफू देशको नेतृत्व लिन तयार रहेको भनाई सार्वजनिक गरेका शाहवंशका अन्तिम राजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई ईंगित र खण्डित गर्दै काँग्रेस महामन्त्री कोईरालाले राजतन्बारेको बहसमा काँग्रेस नउल्झिने स्पष्ट पारे । यसरी हेर्दा काँग्रेससंग मिलेर पुनः शक्तिमा फर्कने कुनै अप्रकट चाहाना पूर्व राजा शाहमा थियो नै भने पनि त्यो च्याप्टर सकिएको तथ्य महामन्त्री कोईरालाको कथनले सुझाएको छ ।

यसरी हेर्दा राप्रपा र काँग्रेसको गठबन्धन सिद्धान्ततः हिन्दू मुद्धामा कम्तिमा चुनावपछि पनि निरन्तर हुन सक्ने तर राजतन्त्रको मुद्धामा भने फरक फरक धारमा नै रहने स्पष्ट भएको छ । किन भने नामैले मात्रै भए पनि राजावादी कहलिने प्रयाशमा रहेको राप्रपालाई काँग्रेस महामन्त्री कोईरालाको कथन खरो तर यथार्थ सबक हो । काँग्रेसभित्रै पनि हिन्दूत्वको पक्षमा अबिराम संघर्ष गर्दै आएका नेता खुमबहादुर खड्का, पूर्व सभामुख तारानाथ रानाभाट लगायतका लागि भने महामन्त्री कोईरालाको पछिल्लो दृष्टिकोण नयाँ उर्जा बन्न पुगेको छ । स्पष्ट सन्देश के पनि हो भने वाम गठबन्धनले देशलाई साम्यवादी एकाधिकारवादतर्फ धकेलेमा हिन्दूत्वको नारामा काँग्रेस जनसमर्थन लिन अग्रसर हुने रणनीतिक तयारीमा देखिन्छ ।

नेतृत्वमा कोईरालाको दाबी

यता कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि हालै मात्र सार्वजनिक गरेको घोषणापत्रमा भावी प्रधानमन्त्रीका रुपमा कसैलाई पनि प्रस्तुत नगरे पनि महामन्त्री डा. शशांक कोइरालाले चुनावपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आए शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने बताईदिए । उनले वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । 

महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेललाई मात्र होइन, आफैंलाई पनि प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । कोइरालाले भने, ‘रामचन्द्र पौडेल छन, नेतृत्व लिन ममा के कमी छ र ?

बुधवार राती बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा कांग्रेस महामन्त्री कोइरालाले भने, ‘शेरबहादुरजी पार्टी सभापति हुनुहुन्छ । उहाँलाई लाग्दो होला म नै प्रधानमन्त्री बनुँ । तर, हामीले प्रधानमन्त्रीमा परिर्वतन आउनुपर्छ ।’ महामन्त्री कोइरालाले वरिष्ठ नेता पौडेललाई मात्र होइन, आफैंलाई पनि प्रधानमन्त्रीको दाबेदारका रुपमा प्रस्तुत गरेका छन् । कोइरालाले भने, ‘रामचन्द्र पौडेल छन, नेतृत्व लिन ममा के कमी छ र ? क्षमता छ ।’ पौडेलको पक्ष किन लिएको भन्ने प्रश्नमा उनले प्रधानमन्त्रीमा हुनुपर्ने सबै गुण उनमा रहेको रहेको बताए । ०४८ मा अघि सारिएको एक व्यक्ति एक अवधारणा स्मरण गर्दै उनले यो अहिले पनि ठीक हुने बताए ।

कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् । बुधबार चुनावी घरदैलो गर्ने क्रममा सिंहले आफू उपप्रधानमन्त्री भइसकेकाले अब प्रधानमन्त्री हुने काठमाडौं १ का मतदातालाई आश्वासन दिएका छन् । उता विमलेन्द्र निधि पनि आफूलाई भावी प्रधानमन्त्रीकै दाबेदारका रुपमा प्रश्तुत गरिरहेका छन । 

यस पृष्ठभुमिमा काँग्रेसभित्रै पनि चुनावपछि सत्ता नेतृत्वको अवसर आएमा प्रधानमन्त्री को बन्ने भन्ने लफडा बढ्ने संकेत गर्दछ । १७ पल्ट चुनाव लडेर पनि प्रधानमन्त्री बन्न नपाएका वरिष्ठ नेता पौडेलका पक्षमा महामन्त्री कोईरालाको खुल्ला समर्थन पौडेललाई नयाँ आशा र उर्जा हो । पौडेललाई प्रधानमन्त्री दिएर आफू पार्टी सभापति बन्ने खुल्ला घोषणा महामन्त्री कोईरालाले गरिसकेका छन । यसले वर्तमान सभापति तथा प्रधानमन्त्री देउवालाई भने बाहिर वाम र भित्र कोईराला खेमाको चुनौति थपिएको देखाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै