• २०८१ बैशाख ६ बिहीबार

नयाँ दिल्लीमा फेरी बढ्यो प्रदुषण स्तर, एक साताका लागि विद्यालय बन्द

kharibot

तस्बिर : इन्डियन एक्सप्रेस

नयाँदिल्ली ।अत्याधिक बाक्लो तुँवालोका कारण भारतको राजधानी नयाँ दिल्लीको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

दिल्लीका सबै विद्यालयहरुमा बाहिर खुला ठाउँमा गरिने सबै गतिविधिहरुमा रोक लगाइएको अधिकारीहरुले बताएका छन् । कतिपय विद्यालयहरुमा त पठनपाठनसमेत बन्द गरेर अनिश्चितकालका लागि विद्यालयहरु सञ्चालन नगर्न भनिएको छ । 

धेरै प्रदूषित शहरमध्येमा पर्ने दिल्लीलाई लगातार दोस्रो दिन बुधबार बाक्लो तुवाँलोले ढाकेको अधिकारीहरुले बताएका छन् । रिपोर्टका अनुसार विश्व स्वास्थ्य संगठनको न्युनतम सुरक्षित मापन पीएम २.५ पार्टिकल्स भन्दा प्रदुषणको मापन ८० गुणाले बढेको बताइएको छ । 

दिल्लीका मुख्यमन्त्रीले सरकारी अधिकारीहरुको आपतकालीन बैठकमा दिल्ली ग्याँस च्याम्बर बनेको उल्लेख गरेका छन् ।  सरकारले केहि आपतकालीन उपाय अपनाउदै दिल्लीका विद्यालयहरु एक साताका लागि बन्द गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् भने अत्यावश्यक बाहेक अन्य सवारी साधनलाई दिल्लीमा आउन निषेध गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सरकारी अधिकारीहरुका अनुसार अझै एक साता दिल्लीमा प्रदुषणको स्तर कम नहुने उल्लेख गरिएको छ । 

कम गतिको हावा, निर्माणस्थलबाट आउने धुलो, फोहोर जलाउने कार्य र चाडपर्वहरुमा पड्काइने पटाकाले दिल्लीमा वायु प्रदूषणको स्तर बढाएको बताइन्छ ।  दिल्लीमा हरेक वर्ष विषेश गरेर जाडोको समय शुरु भएपछि बाक्लो तुवाँलो फैलिने समस्या आउने गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै