• २०८१ बैशाख ७ शुक्रबार

विद्यार्थीले गरे वृद्धाश्रमलाई सहयोग

kharibot

काठमाडौँ ।नागार्जुन नगरपालिका ३,ठूलोभ¥याङ्गस्थित पिपुल्स फ्रेण्डशिप एकेडेमीका विद्यार्थीले बुधबार कालिमाटीको आमा घरका वृद्धाहरुलाई सहयोग गरेका छन् ।

उनीहरुले  आमा घरका असहाय वृद्धाहरुलाई चामल,दाल,आलु,प्याज,जुस बिस्कुट,चाउचाउ लगायतका खाद्यान्न उपलब्ध गराई प्रेम प्रकट गरे ।बालबालिकाको सहयोग र प्रेमका कारण आमाहरुको मुहारमा खुशी छाएको थियो ।

खाद्य सामग्री किन्नका लागि विद्यार्थी र शिक्षकबाट अर्थसङ्कलन गरिएको शिक्षिका कल्पना नेपालीले बताइन् ।यसबाट विद्यार्थीमा दया,माया र जेष्ठ नागरिकप्रतिको आदर जस्ता असल मानवीय गुण विकसित हुने प्रिन्सिपल प्रेम सिग्देलको धारणा छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै