• २०८१ बैशाख ११ मंगलबार

डा.केसीद्वारा शिक्षा मन्त्रालयमा कलेज सम्बन्धनबारे सूचना माग

kharibot

काठमाडौँ ।  प्रा डा गोविन्द केसी समूहले आज शिक्षा मन्त्रालयलाई काठमाडौँ नेशनल मेडिकल कलेज सम्बन्धन प्रकरणबारे छ विषयका सूचना उपलब्ध गराउन निवेदन दिएको छ । 

मन्त्रालयले मेडिकल काउन्सिललाई सम्बन्धन दिन पत्राचार गरेको विषय सार्वजनिक भएकाले त्यसको यथार्थ सूचना उपलब्ध गराउन शिक्षा सचिवलाई सम्बोधन गरी निवेदन दिइएको हो । 

संविधानको २७ को सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३ ले प्रत्याभूत गरेको सूचनाको हकबमोजिम सूचना उपलब्ध गराउन डा केसी, अधिवक्ता ओमप्रकाश अर्याल, डा अभिषेकराज सिंह र विनोद अर्यालको संयुक्त हस्ताक्षर गरिएको निवेदन दिइएको डा सिंहले जानकारी दिए । 

उनीहरुले सम्बन्धन दिने सम्बन्धमा मन्त्रालयले काउन्सिललाई लेखेको पत्र, सम्बन्धनबारे सर्वोच्च अदालतको आदेश, उक्त कलेजको मुद्दाका सम्बन्धमा मन्त्रालयसँग भएका कागजात, मन्त्रालयबाट भएको टिप्पणीबारे फाइलमा भएका सबै कागजात र यस प्रकरणसम्बन्धी निर्णय प्रक्रियामा संलग्न अधिकारीको नाम, पद र जिम्मेवारीबारे मन्त्रालयसँग सूचना माग गरेका छन् । 

मन्त्रालयले उक्त कलेजलाई सम्बन्धन दिन पत्र पठाएपछि डा केसीले गत सोमबार पत्रकार सम्मेलन गर्दै नियमविपरीत भएको भन्दै आपत्ति जनाएका थिए  ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै