• २०८१ बैशाख ८ शनिबार

पेनाल्टी सुटआउटमा चुक्यो चेल्सी, आर्सनलले जित्यो कम्युनिटी सिल्ड 

kharibot

कम्युनिटी सिल्ड जितेपछि आर्सनलका खेलाडीहरु

काठमाडौँ । आर्सनलले प्रि सिजन अगाडी खेलिने कम्युनिटी सिल्डमा कब्जा गरेको छ ।  निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटमा चेल्सीलाई ४–१ गोल अन्तरले हराएर आर्सनलले कम्युनिटी शिल्डको उपाधि जितेको छ ।  

खेलमा चेल्सीका लागि पहिलो गोल भिक्टोर मोसेसले खेलको ४६औँ मिनेटमा गरेका थिए । खेलको ८०औँ मिनेटमा चेल्सीका पेड्रोले रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । खेलको अन्त्यमा आर्सनल खेलमा फर्कियो । आर्सनलका सिड कोलासिनाकले खेलको ८२औ मिनेटमा गोल फर्काएर खेल १-१ को बराबरीमा ल्याएका थिए । 

त्यसपछि भएको पेनाल्टी सुटआउटमा चेल्सीका लागि रियल म्याड्रिडबाट चेल्सीमा अनुबन्धित भएका अल्भारो मोराटाले गोल गर्न सकेनन् भने गोल किपर कोर्टोइसले पनि पेनाल्टी मिस गरेका थिए । चेल्सीबाट एकमात्र पेनाल्टी ग्यारेथ काहिलले गोलमा परिणत गरेका थिए । आर्सनलबाट भने थियो वाल्कट, नाचो मोरियल र च्याम्बेर्लिनले गोल गरेका थिए ।

योसँगै आर्सनलले आफ्नो १६औ कम्युनिटी सिल्ड जितेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै