बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन् । उनी बुधबार अपरान्ह चीनको राजधानी बेइजिङ पुगेका समाचारमा जनाइएको छ ।
चीनको राजकीय भ्रमणका क्रममा उनी बुधबार दक्षिण कोरियाबाट चीन पुगेका हुन् । एसिया भ्रमणका क्रममा उनी गत आइतबार जापान पुगेका थिए ।
गत जनवरीमा उनी अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक चीन भ्रमणमा आएका हुन् ।
दुई हप्तामात्र अघि चीनमा सम्पन्न चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ महाधिवेशनपछि चीन भ्रमण गर्ने राष्ट्रपति ट्रम्प नै पहिलो विदेशी राष्ट्रपति हुन् ।
उनको यो तीन दिने राजकीय भ्रमण भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । राष्ट्रपति ट्रम्प एसियाका विभिन्न पाँच देशको १२ दिने औपचारिक भ्रमणमा छन् ।