• २०८१ बैशाख १३ बिहीबार

पाथीभरा गोल्डकप सुरु, पहिलो खेलमा ताप्लेजुङ विजयी

kharibot

फाइल तस्विर

ताप्लेजुङ । आजदेखि यहाँ शुरु भएको दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ताप्लेजुङ विजयी भएको छ । 

सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भएको खेलमा रेडहर्स क्लब इलामलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रयास युवा क्लब ताप्लेजुङ विजयी भएको हो । 

ताप्लेजुङका लागि खेलको ४७आँै मिनेटमा कृष राई, ५९औँ मिनेटमा मुकेश लिम्बू र ८३औँ मिनेटमा सुनिल नाल्बोले गोल गरेका थिए । सोमबार कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र सशस्त्र प्रहरी फुटबल टिम दमकबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगितामा दशवटा टिमको सहभागिता रहेको लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई ट्रफीसहित रु दुई लाख ११ हजार १११ र उपविजेतालाई रु एक लाख ११ हजार १११ पुरस्कार प्रदान गरिनेछ । साउन ३० गतेसम्म चल्ने प्रतियोगिता २०२९ सालदेखि लाखेजात्राका अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै