• २०८१ बैशाख १३ बिहीबार

शिक्षक सेवा आयोगद्वारा अस्थायी शिक्षकको विज्ञापन (सूचना सहित)

kharibot

भक्तपुर ।  शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको विज्ञापन खोलेको छ । शिक्षा ऐनको नवौं संशोधन अनुसार विज्ञापन खोलिएको हो । मंसिर तीन गतेसम्म आवेदन दिन सकिने गरी आयोग खोलिएको छ । दोब्बर दस्तुरको व्यवस्था नगरिएको आयोगले जारी गरेको सुचनामा जनाएको छ ।

शिक्षा ऐनको नवौं संशोधन विरुद्ध संवैधानिक अदालतमा मुद्धा दायर भएर सुनुवाईकै चरणमा रहेको बेला आयोगले विज्ञापन खोलेको छ ।

एक मात्र पदसंख्या भई सो पद खुलातर्फ गएको कारणले सो विषयमा आवेदन स्वीकृत नभएकोमा शिक्षा ऐन, २०२८ (नवौं संशोधन) ले त्यस्तो पदमा अस्थायी शिक्षकले अब प्रतिस्पर्धा गर्न पाउने भएकोले यस अघि फरक विषयमा दरखास्त दिएका उम्मेदवारले पनि दरखास्त दिन पाउने छन् । दरखास्त फाराम भरिसकेका उम्मेदवारले विषय परिवर्तन गर्न चाहेमा शिक्षक सेवा आयोगमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोगले जारी गरेको सूचना:

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै