• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डोको ठाँउमा नेइमार ल्याउने तयारीमा रियल म्याड्रिड !

kharibot

काठमाडौँ । स्पेनको फुटबल महारथी रियल म्याड्रिडले आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको विकल्प खोज सुरु गरेको छ ।

रोनाल्डोले एक साता अघि सन् २०२१ पछि आफु रियलमा नबस्ने बताएपछि रियलले उनको विकल्प खोज्न सुरु गरेको स्पेनिश मिडियाले उल्लेख गरेका छन् ।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेनटिनो पेरेजले हालै ब्राजिलियन खेलाडी नेइमारका पितालाई भेट गरेको खबर सार्वजनिक भएको छ । हालै रेकर्ड १९८ मिलियन पाउण्डमा बार्सिलोन बाट पिएसजी गएका नेइमारलाई रोनाल्डोको ठाउमा ल्याउने पहल रियल सुरु गरेको हो ।

नेइमारलाई रियलले यस अघि सन् २०१३ मा पनि भित्राउने योजना बनाए पनि नेइमारले रियलको ठाउमा बार्सिलोना रोजेका थिए । स्पेनिस मिडियाको रिपोर्ट अनुसार नेइमारलाई अहिले भन्दा रोनाल्डोको सम्झौता सकिएपछि ल्याउने गरी पहल भैरहेको बताइएको छ । 

तर पिएसजीले यस बर्ष फ्रेन्च लिगमा उपाधि नजिते नेइमार रियलमा आउने वातावारण त्यो भन्दा पनि छिटो बन्न सक्ने बताइएको छ । यस सिजनमा नेइमारले १२ खेलमा ११ गोल गर्दै सिजनको उत्कृष्ट सुरुवात गरिसकेका छन् भने पिएसजीले च्याम्पियन्स लिगमा खेलेका चार खेल नै जितेर यस पटक उपाधिको प्रवल दाबेदार रहेको संकेत दिइसकेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै