• २०८१ बैशाख ८ शनिबार

वाम गठबन्धनको घोषणा पत्र : ओली र प्रचण्डको एउटै स्वर, गठबन्धनले लोकतन्त्रलाई सुदृढ गर्छ (पूर्ण विवरण)

kharibot

काठमाडौँ । आसन्न निर्वाचनका लागि गठबन्धन बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् । 

पत्रकार सम्मेलन गरी एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन् । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिनिधसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल र चुनावपछि पार्टी एकता गर्ने सहमति ती दलले गरेका छन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै वामपन्थी गठबन्धन हुँदा लोकतन्त्र समाप्त हुने भयावह चित्रण गरिएको बताएका छन्।

घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष ओलीले लोकतन्त्रप्रतिको निष्ठामा आशंका र भ्रम फिजाउँने चेष्टा गरिएको बताए। उनले ६४ को निर्वाचनपछि माओवादी नेतृत्वको सरकारमा एमाले हुँदा कुनै ‘कोकोहल’ नमच्चिएको बताए।

‘७२ पछि एमालेको सरकारमा माओवादी थियो, ‘कोकोहोलो’ मच्चिएको थिएन’, ओलीले भने, ‘कांग्रेस र माओवादी सरकारमा थियो। निर्वाचन गरायो। हामी प्रतिपक्षमा थियौँ । रुवाबासी त थिएन।’ उनले एमाले र माओवादी मिल्दा लोकतन्त्र समाप्त हुने भए के झगडा गर्दा बलियो हुन्छ भन्दै प्रश्न गरे।

‘एमाले र माओवादी मिल्दा पैताला बजार्ने, कपाल लुछ्ने किन यो?’, ओलीले भने, ‘मिल्दा लोकतन्त्र समाप्त हुन लाग्यो रे। के झगडा गर्दा लोकतन्त्र हुन्छ। ‘उनले लोकतान्त्रिक प्रणालीलई सुदृढ गर्ने प्रक्रियामा आफूहरू रहेको बताए।

त्यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम गठबन्धनको मुख्य ध्यान मुलुकको स्थिरता र समृद्धिमा गएको बताएका छन् । 

पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले स्थिरता र समृद्धिका लागि बलियो र एउटै कम्युनिष्ट केन्द्र बनाई अस्थिरताको अन्त्य गर्ने आफूहरुको लक्ष्य रहेको बताए । 

उनले आगामी दुई, पाँच र दश वर्षभित्र पूरा गर्न सकिने कामलाई बुँदागत रुपमा राखिएको बताउँदै आगामी दश वर्षभित्र प्रत्येक नेपालीको वार्षिक आय पाँच हजार डलर पुर्याउने घोषणापत्रमा उल्लेख भएको बताए । उनले अधिकारसम्पन्न स्थानीय तह बनाउने तथा राजधानी उपत्यकाका लागि एकीकृत शहरका रुपमा विकास गर्ने योजना अघि सारिएको र राजधानी आसपासका जिल्लालाई उपशहरमा विकास गरिने बताए । 

पूर्वप्रधानमन्त्री प्रचण्डले भने, “आम जनताले छिटोभन्दा छिटो आर्थिक गतिविधिले गति लिन सकोस् र रोजगारीका अवसरमा सिर्जना होस् भन्ने चाहेका छन् । हामीले त्यही भावनालाई अभिव्यक्त गरेका छौँ ।” 

उनले आफूहरु कसैका विरुद्ध गाली गलोजमा नउत्रने बताउँदै विचार मिल्ने अन्य पक्ष पनि धुर्विकृत हुन सक्ने र यसबाट नै मुलुकले राजनीतिक भुमरीबाट मुक्ति पाउनसक्छ भने । उनले आफूहरुको ‘गठबन्धनको विरोधमा नेपाली काँग्रेस तल्लोस्तरको गालीगलोज र भ्रामक प्रचारमा उत्रिए पनि’ आफूहरुले त्यस्तो नगर्ने स्पष्ट गरे ।

वाम गठबन्धन घोषणापत्रको पूर्ण विवरण :

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै