• २०८१ बैशाख १२ बुधबार

एम्बुलेन्स दुर्घटनामा चालकको निधन

kharibot

नुवाकोट ।  तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबीसेमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरि घर भएका चालक सन्दीप भारतीको मृत्यु भएको छ । 

समुद्रटारबाट काठमाडाँै जान लागेको कान्तिपुर डेण्टल जनरल हस्पिटल काठमाडौँको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हँुदा मनहरि ज्यामिरेका एम्बुलेन्स चालक २४ वर्षीय भारतीको घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ । 

एम्बुलेन्स दुर्घटना भएर सडकबाट करीब ५० मि तल पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । दुर्घटनामा ज्यामिरेका राजकुमार अधिकारी र अरुणप्रसाद अधिकारी सामान्य घाइते भएका छन् । 

उनीहरुको टाउकोलगायत अन्य ठाउँमा चोट लागेको छ । एम्बुलेन्स दुर्घटना भएलगत्तै स्थानीयवासी र प्रहरी उद्धारका लागि घटनास्थल पुगे पनि उनीहरु सम्पर्कविहीन भएको र आज बिहान ९ बजे प्रहरी चौकी समुद्रटारको सम्पर्कमा आएको प्रहरीले जनाएको छ । कान्तिपुर डेण्टलमार्फत सञ्चालनमा रहेको एम्बुलेन्स समुद्रटारलगायत स्थानमा अस्पतालको सेवा प्रचार गर्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै