• २०८१ बैशाख ७ शुक्रबार

स्वेता खड्काको कान्छी फिल्मको 'चरी चट्ट परी' गीत युट्युबमा नम्बर एकमा ट्रेन्डिङ 

kharibot

काठमाडौँ ।  अभिनेत्री स्वेता खड्काले पुनरागमन गरेको फिल्म ‘कान्छी’को पहिलो गीतलाई दर्शकले अत्यधिक मन पराएका छन् ।

नायक दयाहाङ राई र नायिका श्वेता खड्का अभिनीत फिल्म ‘कान्छी’को पहिलो गीत सार्वजनिक भएको एक साता पनि नपुग्दै युट्युबमा लगभग १२ लाख पटक हेरिएको छ । हाल यो गीत पछिल्लो केहि दिन देखि युट्युबमा नम्बर एक मा ट्रेन्ड गरिरहेको छ । 

गत बिहीवार राजधानीमा एक कार्यक्रमका विच फिल्ममा समावेश लोक लयको 'चरी चट्ट परी' बोलको गीत सार्वजनिक गरिएको हो । गीतमा राजनराज सिवाकोटीको शब्द र संगीत सुन्न सकिन्छ भने अञ्जु पन्त र राजनराजकै स्वर रहेको छ । 

बसन्त श्रेष्ठ कोरियोग्राफर रहेको गीतको भिडियोमा दया, श्वेता, प्रज्जवल सुजल गिरी लगायतका कलाकारहरुले अभिनय गरेका छन् । 

आगामी माघ २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्मलाई 'कोहिनूर' फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । मुस्ताङ, अप्पर मुस्ताङ, जोमसोम र राजधानी लगायतका ठाउँमा खिचिएको यो फिल्मलाई श्वेता आफैले निर्माण गरेकी हुन् । 

गीत रिलिज कार्यक्रममा बोल्दै नायिका श्वेताले स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठप्रति श्रद्धाञ्जली स्वरुप एउटा राम्रो फिल्म समर्पण गर्ने प्रयास गरेको बताएकी छन् । यो फिल्ममा दया र श्वेताका अलावा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ ।

ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ । 'कोहिनूर'पछि श्वेताले ‘कान्छी’मार्फत फिल्म निर्माण र अभिनयमा कमब्याक गरेकी हुन् ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै