• २०८१ बैशाख ८ शनिबार

सलमान-कट्रिनाको फिल्म ‘टाइगर जिन्दा है’ को ट्रेलर सार्वजनिक (भिडियो सहित)

kharibot

बलिउड । चर्चित नायक सलमान खानको यस बर्षको बहुप्रतिक्षित फिल्म ‘टाइगर जिन्दा है’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

एक्सनले भरिपूर्ण रहेको यस फिल्ममा सलमान र कट्रिना भारत र पाकिस्तानको एजेन्टको रुपमा अभिनय गरेका छन् । आगामी डिसेम्बर २२ मा रिलिज हुने यस फिल्मको एक्सन दृश्यहरुको सुटिंग मोरक्कोमा गरिएको हो । यस्तै धेरै एक्सन सिनहरु मोरक्कोमा गएिका छन् । त्यहाँ सुटिङ गरिएका सिनहरुमा सलमान घोडामा सवार स्टंट गरेका सिनहरु देख्न पाइनेछ ।  

फिल्मलाई यश राज ब्यानरले निर्माण गरेको छ भने अलि अबास जाफर फिल्मका लेख र निर्देशक हुन् । यस अघि रिलिज भएको ट्युबलाइटको असफलता पछि सलमान खान आफ्नो एक्सन अवतारमा यस फिल्ममा देखिदै छन् । य

स अघिको एक था टाइगरको सिक्वेलको रुपमा यस फिल्मलाई हेरिए पनि फिल्मको कथाबस्तु भन्दा पनि सलमान र कट्रिनाको केमेस्ट्रीलाई यस फिल्ममा देख्न सबै उत्सुक भएका छन् ।

फिल्मको ट्रेलर :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै