• २०८१ बैशाख ८ शनिबार

राप्रपा फुट्यो, पशुपतिशमशेर राणाद्वारा नयाँ पार्टी दर्ता 

kharibot

फाइल तस्विर

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अधिकारिक रुपमा बिभाजन भएको छ । अध्यक्ष कमल थापासँग असन्तुष्ट नेता पशुपतिशम्शेर राणाले नयाँ पार्टी दर्ता गर्दै राप्रपाबाट अलगिएका हुन् । नेता र राणाले आइतबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गरेका छन् ।

राणाको नेतृत्वमा नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएको राणा निकट नेताले खरीबोटलाई बताए ।

अहिले राणा नेतृत्वको नयाँ दलमा तीन प्रत्यक्ष निर्वाचित सांसद सुनिल थापा, दिपक बोहोरा र विक्रम पाण्डे रहेको र उनीहरुको साथमा २२ सांसद र ७०२ केन्द्रिय सदस्य रहेको ति नेताले खरीबोटलाई बताए । 

एकीकरण भएको एक बर्ष पनि नाबित्त्दै राप्रपा दुई पटक फुटेको छ । यस अघि राप्रपाका वरिष्ठ नेता प्रकाशचन्द्र लोहोनीले पनि पार्टी छोडेर नयाँ पार्टी खोलेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै