• २०८१ बैशाख १२ बुधबार

साउदी अरबमा राजकुमार तलालको गिरफ्तारीले विश्व बजारमा असर, को हुन् तलाल ?

kharibot

रियाद । साउदी अरबमा अरबपति राजकुमारहरु र कैयौ मन्त्रीहरुलाई पक्राउ गरेको प्रकरणले अहिले संसारभर कौतुहलता बढाएको छ । त्यति मात्र होइन पक्राउ पारिएका भनिएका अरबपति राजकुमार अलवविद बिन तलालले लगानी गरेका कम्पनीहरुको सेयर पनि विश्व बजारमा घट्न थालेको छ ।

राजकुमार तलालको पक्राउले अहिले विश्वभर अनेकन अड्कल र अनुमान सुरु भएका छन् । अमेरिकी निर्वाचनका ताका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको ट्वीटर वारलाई मानिसहरुले सम्झिरहेका छन् र सो घटनालाई जोड्ने प्रयास पनि गरेका छन् ।

यस घटनालाई साउदी अरबका ३२ बर्षिय राजा प्रिन्स सलमानले आफ्ना विरोधीहरुलाई सखाप पार्ने रणनिति अनुसार यो गिरफ्तारी भएको चर्चा गर्नेहरु पनि दिनदिनै बढी रहेका छन् । 

को हुन् राजकुमार तलाल ?

फोर्ब्स म्यागजिनका अनुसार लन्डनमा रहेको सेवाय होटलका मालिक ६२ बर्षिय राजकुमार तलालसँग करिब १७ अरब डलरको कुल सम्पति रहेका दुनियाभरका धनि मध्ये एक हुन् । राजकुमार तलालको लगानी ट्वीटर, एप्पल, सिटी ग्रुप का अलावा रुपक मोर्ड़कको कम्पनि न्युज कर्पोरेशनमा समेत रहेको छ । उनको किंगडम होल्डीङस इन्भेस्टमेन्ट साउदी अरबकै ठुलो लगानी गर्ने कम्पनि हो ।

राजकुमार तलालको जति चर्चा उनको पैसाको हुने गर्दछ त्यति नै चर्चा उनको कामको पनि हुने गर्दछ । उनि महिलालाई रोजगार दिनुपर्दछ भन्ने मान्यता राख्दछन् । उनको कम्पनिमा दुई तिहाइभन्दा बढी महिलाले रोजगार पाएका छन् ।

त्यस्तै साउदीको रेगिस्तानमा बनेको एक सय मिलियन डलरको पर्यटन स्थलमा उनले छोटा कदका मानिसहरुलाई रोजगार दिएका छन् । त्यस्तै राजकुमार तलालले छिमेकी मुलुक यमनमा बमबारी गर्ने पाइलटलाई लक्जरियस गाडी दिने घोषणा गरेर पनि चर्चामा आएका थिए ।

अमेरिकी राष्ट्रपतिसँगको लफडा :

अमेरिकी राष्ट्रपति ट्रम्प निर्वाचित नहुदै उम्मेदवार बन्ने निश्चित भएपछि तलालले ट्वीट गर्दै ट्रम्पलाई तिमि रिपब्लिकनका लागि मात्र होइन पुरा अमेरिकाको लागि अपमान हौ, अब राष्ट्रपति पदको दौडबाट आफ्नो नाम फिर्ता लेउ किनकी तिमि कहिल्लै जित्न सक्दैनौ भनेका थिए ।

त्यसको जवाफमा ट्रम्पले झुठा राजकुमार, जो आफ्नो पिताको पैसामा हाम्रो अमेरिकी नेताहर लाई काबुमा राख्न चाहन्छ, तर म राष्ट्रपतिमा निर्वाचित भए भने यस्तो हुने छैन भनेर जवाफ दिएका थिए ।

तर पछि राष्ट्रपति पदमा ट्रम्प विजयी भएपछि राजकुमार तलालले फेरी ट्वीट गर्दै विगतमा हामीबीच मतभेद रहेपनि अमेरिकाले फैसला गरेको छ, राष्ट्रपति पदमा विजयी भएकोमा शुभकामना भनि लेखेका थिए ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै