• २०८१ बैशाख १४ शुक्रबार

चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण गर्न डा. केसीको राष्ट्रपतिलाई दबाब

kharibot

काठमाडौं । चिकित्सा शिक्षा अध्यादेश प्रमाणिकरण नगरेको भन्दै प्रा. डा. गोविन्द केसीले राष्ट्रपतिलाई एक साताको अल्टिमेटम दिएका छन् । 

डा. केसीले सोमबार पत्रकार सम्मेलन गरेर अध्यादेश प्रमाणीकरण नगरेर राष्ट्रपति विद्या भण्डारीले सर्वोच्च पदको अबमूल्यान गरेको आरोप लगाएका छन् । उनले एक साताभित्र अध्यादेश प्रमाणीकरण नभए अनसन बस्ने उनको चेतावनी दिएका छन् ।

‘राष्ट्रपतिले अध्यादेश रोकेर राख्न मिल्दैन’ उनले भने, ‘यदि सल्लाहकारहरुले कुनै राजनीतिक दलको आदेशमा राख्नुहुन्छ भने राष्ट्रपति जिम्मेवार हुनुपर्छ ।’
उनले भने, ‘म राष्ट्रपति ज्यूलाई एक हप्ता समय दिन्छु ।’

सरकारले काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न रोक लगाउने गरी कात्तिक ६ गते चिकित्सा शिक्षा ऐन अध्यादेश पास गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरेपनि अहिलेसम्म अध्यादेश प्रमाणीकरण भएको छैन ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै