• २०८१ बैशाख ४ मंगलबार

आफुभन्दा ३४ बर्ष कम उमेरकी प्रेमिकासँग रोमान्स गर्दै सुपरमोडल मिलिंद 

kharibot

मुम्बई । बलिवुडका सुपर मोडल एवं अभिनेता मिलिंद सोमनले हालै आफ्नो ५२औ जन्मदिन बनाएका छन् । गत नोभेम्बर ४ मा आफ्नो ५२औ जन्मदिन बनाएका सुपर मोडल मिलिंद अहिले उनको जन्मदिन भन्दा पनि उनकी प्रेमिकाको कारण चर्चामा रहेका छन् । 

मिलिंद हाल १८ बर्षिय युवती अंकिता कोनवरसँग प्रेममा परेका छन् । अंकिता कोनवरले मिलिंदसँगका छुट्टीमा विताएका तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि मिलिंद र अंकिताको प्रेम सम्बन्धको चर्चा चलेको छ । समाजिक सञ्जालमा त मिलिंद र अंकिताको उमेर अन्तरलाई लिएर मजाक नै बनाइएको छ । दुवैमा ३४ बर्षको उमेर अन्तरका कारण पनि यो जोडी अहिले चर्चामा आएको हो ।

केहि महिना अघि मिलिंदले आफुभन्दा धेरै कम उमेरकी युवतीसँग प्रेममा परेको आफै खुलासा गरेका थिए । अंकित एयर होस्टेज भएको बताइएको छ । मिलिंदले सामाजिक सञ्जालमा आफ्नो प्रेमको खुलासा गर्दै सम्बन्ध दुई व्यक्तिविच हुने हुनाले उमेरले यसमा केहि नगर्ने उल्लेख गरेका थिए । पछिल्लो पटक सैफ अलि खानसँग फिल्म ‘सेफ’ मा देखिएका मिलिंद संसारभर एक मोडल र फिट मोडलको रुपमा चिनिन्छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै