• २०८१ बैशाख ६ बिहीबार

सडक खाल्डोमा डुबी चार बालिकाको मृत्यु भएको घटनाको छानबिन सुरु 

kharibot

राष्ट्रिय मानवअधिकार आयोग

काठमाडौं ।  रौतहट जिल्लाको गरुडा न.पा. वडा नं. ४, गौर चन्द्रनिगाहपुर सडकखण्ड छेउको खाल्डोमा डुबी शनिबार चार बालबालिकाको मृत्यु भएको सम्बन्धमा राष्ट्रिय मानवअधिकार आयोगले छानबिन सुरु गरेको छ । आयोगका सचिव वेद भट्टराईले उजुरी प्राप्त गरेको भन्दै घटनाको छानबिन सुरु गरिएको जानकारी दिएका हुन् । 

घटनाको सम्बन्धमा आयोगको गम्भीर ध्यानाकर्षण भएको समेत उनले बताए । आयोगले घटनाको अनुसन्धानका लागि क्षेत्रीय कार्यालय जनकपुरबाट एक अनुसन्धान टोली घटनास्थलतर्फ आइतबार नै खटाएको छ । विकासको अधिकार मानवअधिकारको अभिन्न अंग भन्दै आयोगले सार्वजनिक निर्माणको क्रममा निर्माण कम्पनीहरूबाट हुने गरेको लापरवाही र सरकारी निकायको उदासीनताको कारण ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुनुलाई अत्यन्त दुःखद स्थिति भनेको छ । आयोगले

आइतबार विज्ञप्ति जारी गर्दै भविष्यमा यस्ता लापरवाहीपूर्ण कार्य हुन नदिन नेपाल सरकार जिम्मेवार रहनुपर्ने समेत निष्कर्ष निकालेको छ । आयोगले उक्त घटनाका दोषीलाई कारबाही गर्न र भाविष्यमा यस्ता घटना दोहोरिन नदिन समेत आग्रह गरेको छ । उसले पीडित परिवारलाई राहत एवं क्षतिपूर्ति दिन सरकारलाई निर्देशन समेत दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै