• २०८१ बैशाख ८ शनिबार

'टाइगर जिन्दा हैं'मा सलमानको एक्सन अवतार देख्न पाइने

kharibot

बलिउड । चर्चित नायक सलमान खानको यसअघिको फिल्म ट्युबलाइट नचलेपछि उनका फ्यानहरु निकै निराश देखिएका थिए ।

तर, अहिले उनको नयाँ फिल्म टाइगरको दोस्रो भाग टाइगर जिन्दा हैको चर्चा निकै चुलिइएको छ । सलमानका फ्यानहरु उनको आउँदै गरेको फिल्मको पर्खाइमा छन् । टाइगर जिंदा है मंगलबार रिलिज हुदै छ । ट्वीटरमा सार्वजनिक फिल्मको एउटा एक्सन सिनमा सलमान छाएका छन् ।  

यो फोटो निर्देशक अलि अब्बार जफरले सेयर गरेका हुन् । जसमा सलमान घोटामा चढेर एक्सनका लागि जादै छन् । उनको यो लुकले निकै चर्चा कमाइरहेको छ ।
फिल्मको यो एक्सन दृश्य मोरक्कोमा सुटिङ गरिएको हो । यस्तै धेरै एक्सन सिनहरु मोरक्कोमा गएिका छन् । त्यहाँ सुटिङ गरिएका सिनहरुमा सलमान घोडामा सवार स्टंट गरेका सिनहरु देख्न पाइनेछ ।  

एक्सन सिनको बारेमा बोल्दै निर्देशक अलीले सलमान घोडा चलउनमा निकै जानकार रहेको बताए । उनले यसको तालिम लिइसकेका छन् । आइआइएफए अवार्ड पाएको तीन दिनपछि मात्र सुटिङ सेटमा आएका सलमानलाई वाडो नाम गरेका घोडाको साथमा एकअर्काप्रतिको लगाव बनाउन तीन दिन लागेको थियो । वाडो एक हल्का कालो रंग भएको स्पेनिस घोडा हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै