आजदेखि इम्बोष्ड नम्बर प्लेट वितरण प्रक्रिया सुरू

खरीबोट
ad

काठमाडौँ । सरकारले सोमबारदेखि सवारी साधनमा नयाँ प्रविधिको इम्बोष्ड नम्बर प्लेट वितरण प्रक्रिया सुरू गरेको छ ।

यातायात व्यवस्था विभागले सोमबारदेखि ३ पाङग्रे , ४ पाङग्रे साना र ४ पाङग्रे ठूला सवारी साधनमा इम्बोष्ड प्लेट वितरणका लागि अनलाईन सेवामार्फत आवेदन खुला गरेको हो ।

प्रदेश संरचना अनुसार नै इम्बोष्ड नम्बर वितरणको काम सुरू गर्न लागिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । इम्बोष्ड नम्बर प्लेट वितरण भने पहिलो चरणमा प्रदेश नम्बर ३ बाट सुरू हुनेछ । इम्बोष्ड नम्बरका लागि आवेदन भने ललितपुरको एकान्तकुनास्थित साना तथा ठूला सवारी व्यवस्थापन कार्यालयमा बुझाउनुपर्ने विभागले बताएको छ ।

इम्बोष्ड प्लेट लिन ३ पाङग्रेका लागि २ हजार ९ सय रुपैयाँ, ४ पाङग्रे सानाका लागि ३ हजार २ सय रुपैयाँ र ४ पाङग्रे ठूला सवारीका लागि ३ सय ६ सय रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । इम्बोष्ड प्लेटमा अञ्चलको सट्टा प्रदेश नम्बर उल्लेख गर्न लागिएको पनि विभागले जनाएको छ ।

सरकारले गत कात्तिक १३ गते इम्बोष्ड प्लेटका लागि आवेदन खुला गर्ने निर्णय राजपत्रमार्फत् सार्वजनिक गरेको थियो । 

सरकारले अरु प्रदेशहरूमा पनि इम्बोष्ड नम्बर वितरणको काममा ढिलाई नगर्ने बताएको छ। क्यालेन्डर बनाएरै इम्बोष्ड नम्बर वितरणको कामलाई अरु प्रदेशहरूमा पनि एकैसाथ सुरू गर्न लागिएको पनि विभागले जनाएको छ।
 

सम्बन्धित समाचार

दुई महिनामा एक हजार सवारीमा इम्बोष्ड नम्बर प्लेट, पाँच वर्षभित्र २५ लाखमा जोड्ने सरकारी लक्ष्य

काठमाडौं । सरकारले अबको पाँच वर्षभित्रमा २५ लाख सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट जडान गर्ने योजना अघि सारेको छ ।  यातायात व्यवस्था विभागले मुलुकभरका २५ लाख सवारी साधनमा इम्बोष्ड नम्बर प्लेट

आजदेखि इम्बोष्ड नम्बर प्लेट वितरण प्रक्रिया सुरू

काठमाडौँ । सरकारले सोमबारदेखि सवारी साधनमा नयाँ प्रविधिको इम्बोष्ड नम्बर प्लेट वितरण प्रक्रिया सुरू गरेको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि ३ पाङग्रे , ४ पाङग्रे साना र ४ पाङग्रे ठूला