• २०८१ बैशाख १३ बिहीबार

साउदी अरबका राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन 

kharibot

रियाद ।  साउदी अरेबियाका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उनको निधन भएको साउदी अरेबियाको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।  

असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणमा हुनुहुन्थ्यो । दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ । 

दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुन् । सन् २०१५ मा बिन अब्दुल अजिजका सौतेनी भाइ सलमानले राजाको जिम्मेवारी सम्हालेपछि उनलाई युवराजबाट हटाएर आफ्ना छोरालाई युवराज बनाएका थिए । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै