• २०८१ बैशाख ६ बिहीबार

ट्वीटरमा मोदी र बच्चनपछि शाहरुखका पनि तीन करोड फलोअर 

kharibot

मुम्बई । बलिवुडका बादशाह शाहरुख खानले हालै आफ्नो ५२औ जन्मदिन मनाएका छन् । 

जन्मदिनको खुशियालीसँगै शाहरुख खान सामाजिक सञ्जाल ट्वीटरमा भारतमा तीन करोड फलोवर हुनेमा प्रधानमन्त्री नरेन्द्र मोदी र अमिताभ बच्चन पछि तेस्रो व्यक्ति बनेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटरमा ३ करोड ६४ लाख फलोअर छन् भने महानायक अमिताभ बच्चनका ३ करोड ८ लाख फलोअर रहेका छन् । शाहरुख खान पनि तीन करोडको क्लबमा सामेल भएका छन् । 

बलिवुडका अन्य सेलिब्रेटी सलमान खानका ट्वीटरमा २ करोड ७० लाख, आमिर खानका २ करोड २५ लाख र अक्षयकुमारका २ करोड १९ लाख फलोअर रहेका छन् ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै