नेपाल राष्ट्र बैंकले भोलि बुधबार १५ सय करोड रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ ।
वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने गरी रिभर्स रिपो जारी गर्नलागेको राष्ट्र बैंकले जानकारी दिएको छ । परिपक्व हुुने अवधि सात दिन अर्थात् साउन १८ गते तोकिएको रिपो खरिदको लागि भोलि बुुधबार अपराह्न ३ बजेसम्म आवेदन दिनुुपर्नेछ ।