• २०८१ बैशाख ८ शनिबार

‘लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धन विजयी हुनुपर्ने’

kharibot

सिन्धुपाल्चोक । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले लोकतन्त्रको संरक्षणका लागि लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजय हासिल गर्नुपर्ने बताएका । 

नेपाली काँग्रेसद्वारा जुगल गाउँपालिका –५ ढाँडेमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको निर्वाचन कुनै व्यक्तिको हार जितसँग नभई मुलुकको लोकतन्त्र रहने वा नरहने विषयसँग जोडिएकाले गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । 

विकासको मुहार नदेखेका यस क्षेत्रका जनतालाई समृद्ध बनाउन आफूले अहिलेसम्म कसैले नल्याएका विकासका वहार ल्याउने प्रतिबद्धता जनाए । नेपाली काँग्रेसका तर्फबाट सो क्षेत्रमा प्रतिनिधि सभाका उम्मेदवारसमेत रहेका मन्त्री बस्नेतले पाँच वर्षभित्र गाउँमा मात्र होइन, घरघरमा मोटरबाटो, खानेपानी, स्वास्थ्य र शिक्षाको पहुँच दिलाउने प्रतिबद्धता व्यक्त गरे । 

सूचना तथा प्रविधिलाई जनताको पहुँचमा पुर्याएर जिल्लाका सबै गाउँमा टेलिफोन टावर बनाउने, तीन वर्षभित्र देशका सबै क्षेत्रमा कम्प्युटर पुर्याउने, सन् २०२७ भित्र मुलुकलाई पूर्णरुपमा ‘डिजिलटाइज्ज’ गर्ने योजना सुनाए । 

आफूले सूचना तथा सञ्चार मन्त्रालय सम्हालेको छोटो अवधिमा देशभित्रै नेपाली नोट छाप्ने व्यवस्था मिलाएको र यसबाट अरबौँ रकम बाहिरिनुबाट रोक्नुका साथै हजारौँले रोजगारी पाउने बताएका छन् । 

कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालका सयौँ कार्यकर्ता काँग्रेस प्रवेश गरेका थिए । उनीहरुलाई सञ्चारमन्त्री बस्नेतले टीका र खादा लगाएर स्वागत गरेका थिए । 

क्षेत्र नं १ ख का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठले आफूले निर्वाचनमा विजयी भएमा जिल्लाका पूर्वाधार विकासमा तीव्रता दिइने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै