• २०८१ बैशाख ८ शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्प जापानमा

kharibot

तस्बिर : सिन्ह्वा

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुग्नुभएको छ । उहाँको उक्त भ्रमणको पहिलो देश जापान हो । 

आइतबार बिहान अमेरिकी राष्ट्रपतिको एयर फोर्स विमान जापानमा रहेको अमेरिकी सैनिक शिवीर, युएस योकोता एयर बेसमा अवतरण गरेको थियो ।

सो सैनिक शिवीरमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी र जापानी सैनिकलाई सम्बोधन पनि गरेका थिए ।  उनी र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता हुनेछ । त्यसअघि आज अपरान्ह उहाँहरु दुवै जना टोकियोभन्दा बाहिर रहेको ‘कन्ट्रि क्लब’ मा गल्फ खेल्ने कार्यक्रम रहेको छ । 

जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिको सम्मानमा आज साँझ जापानमा रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको जापानी विदेशमन्त्रालयले जानकारी दिएको छ । 

जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिको जापान भ्रमण ऐतिहासिक भएको टिप्पणी गरेका छन् । उनले यस भ्रमणका माध्यमबाट यी दुई देशबीचमा यसअघि कहिल्यै नभएको सम्बन्ध विकास हुनेमा आफूले विश्वास लिएको बताएका छन्  । 

यसअघि उक्त सैनिक शिवीरमा सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिका र जापानबीचको सम्बन्ध अहिले पनि सुमधुर रहेको र आगामी दिनमा पनि यी दुई देश व्यापारिक तथा अन्य आवश्यक सबै एजेण्डाहरुका कारण झनै सुदृढ हुने बताएका थिए । 

राष्ट्रपति ट्रम्पले मङ्गलबार जापानी सम्राट अकिहितो र महारानी मिचिकोसँग भेटवार्ता गर्ने बताइएको छ । त्यस अगावै जापानी प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुनेछ । सो वार्ता अन्य विषयहरुका अतिरिक्त द्विपक्षीय व्यापार, लगानी र क्षेत्रीय सुरक्षाका विषयमा बढी केन्द्रित हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् । 

पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो । 

यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै