• २०८१ बैशाख ४ मंगलबार

जोेगमाया चापागाई गजल पुरस्कार कमललाई प्रदान

kharibot

काठमाडौं / जोगमाया चापागाई गजल पुरस्कार यस वर्ष कमल संघर्षको सडकलाई प्रदान गरिएको छ । गत वर्ष प्रकाशन भएको कमलको सडक गजल संग्रहले यो वर्षको जोगमाया चापागाई गजल पुरस्कार पाएको हो । अब छिटै उनको गजल संग्रहको दोस्रो संस्करण आउँदै छ ।

गत वर्ष प्रकाशन भएको उक्त गजल संग्रहलाई ताम्रपत्र र २५ हजार नगदसहित पुरस्कृत गरिएको हो । शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गजलकार ज्ञानुवाकर पौडेलले वर्तमान साहित्य लेखनमा साध्य भए पनि साधना नभएको भन्दै भोलिको युग गजलको हुने बताए । त्यस्तै कार्यक्रमका सभापति सुदामा चापागाईले तेस्रो वर्षमा सुरु भएको पुरस्कार वितरण हरेक वर्ष गजल साहित्यलाई प्रदान गर्न पाउँदा आफूलाई खुसी लागेको बताए ।

त्यस्तै गजलकार पूर्ण रावलले कमल संघर्षको लेखाइबाट आफूलाई सन्तुष्टि मिलेको बताउँदै जोगमाया चापागाई पुरस्कार कमल र उनको सडकले पाउँदा आफ्नो भावना समेत पुरस्कृत भएको भन्दै कमल गजल लेखनमा कमल जाज्वल्यमान तारा बन्ने बताए ।

२५ हजार नगरसहित ताम्रपत्रले सम्मानित कमलले पुरस्कारबाट आफूमा थप जिम्मेवारी बढेको बताउँदै गजल लेखनमा अझ सशक्त ढंगले लाग्ने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै