• २०८१ बैशाख १३ बिहीबार

विद्यार्थी कालमा खूब पिटाइ खान्थे अमिताभ बच्चन !

kharibot

दक्षिण एसिया । विद्यार्थी कालका दिनहरु सधैभरी सम्झिन लायक हुन्छन् । सबैले आफ्नो जीवनमा हरेक कालखण्डमा कुनै न कुनै घटना सम्झेकै हुन्छ । हामी कतिपयले त आफ्नो स्कुले दिनमा शिक्षकहरुबाट खाएको कुटाष्लाई बाहिर भन्न चाहँदैनौं ।

तर, बलिउड महानायक अमिताभ बच्चनले आफ्नो स्कुले जीवनमा शिक्षकको हातबाट कुटाइ खाएको कुरालाई आफ्नो टिभी शो केबीसीमार्फत् सार्वजनिक गरेका छन् । उनले विद्यार्थी कालमा विद्यालयमा शिक्षकहरुबाट निकै कुटाइ खाएका थिए ।

केबीसीको एक शोमा उनले जब आफ्नै अगाडिको लाइनमा एक शिक्षकलाई देखे त्यसपछि सोधे, 'आजभोलि बच्चाहरु कस्ता कस्ता किसिमका व्यवहारहरु गर्दछन्  र शिक्षकहरु विद्यार्थीले गरेको व्यवहारप्रति कसरी प्रस्तुत हुने गर्छन् ? उनीहरुलाई झपार्ने वा शारीरिक यातना दिन्छन् ?'

कार्यक्रममा नै जब ती शिक्षकले भने कि अहिले बच्चाहरुलाई हात लगाउन पनि मुस्किल छ  । किनकि उनीहरु उल्टै शिक्षकलाई कुटपिट गर्न सक्छन् । त्यति भन्दै गर्दा अमिताभ बच्चनले आफ्नो स्कुल जीवन सम्झिदै वेतको लठ्ठीले कुटाइ खुब खाएको खुलासा गरे । शिक्षकले उनलाई अर्कै छुट्टै कक्षामा लिन्थे र पहिलेदेखि नै स्कुलमा रााखिएको वेतको लठ्ठीमा तेल लगाएर शरीरभर दाग बस्ने गरेर कुट्थे ।

रमाइलो कुरा त के भने शिक्षकले जति कुटे पनि कुटिसकेपछि धन्यवाद भनेर बाहिर जानुपथ्र्यो । उनले यो पनि भने कि जसले जसले पिटाइ खाएका हुन्थे , तिनीहरु पछि कुनै दिन सँगै नुहाउन जाँदा पनि दागहरु देखिन्थे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै