• २०८१ बैशाख १४ शुक्रबार

नासा भन्छ — सौर्यमण्डलमा प्लानेट-९ अर्थात् नवौँ ग्रह पनि अस्तित्वमा छ

kharibot

अमेरिका / नासाका वैज्ञानिकहरुले प्लानेट ९ अर्थात् सौर्यमण्डलमा रहेको नवौँ ग्रहको अस्तित्व स्वीकारेका छन् । उनीहरुका अनुसार प्लानेट ९ अवधारणालाई वास्तविक भनेका हुन् । उक्त ग्रह पृथ्वीको द्रव्यमानदेखि १० गुणा ठूलो र वरुण (नेप्च्युन)को तुलनामा सूर्यबाट २० गुणा टाढा रहेको हुनसक्छ । सौर्यमण्डलका नवौँ ग्रह सुपरअर्थ हुनसक्ने उनीहरुको भनाइ छ । उक्त ग्रहको द्रव्यमान पृथ्वीभन्दा ठूलो भए पनि अरुण र वरुणभन्दा कम रहेको मानिएको छ ।

अमेरिकाको क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलजी (क्यालटेक)मा प्लानेटरी एष्ट्रोफिजिसिष्ट कन्स्टनचिन ब्याटिगिनले भने, ‘प्लानेट९ को अस्तित्वको संकेत दिने पाँचवटा छु्ट्टाछुट्टै व्याख्यात्मक प्रमाण रहेका छन् ।’ उनका अनुसार यदि तपाईं यो व्याख्या हटाएर प्लानेट९ नरहेको कल्पना गर्नुहुन्छ भने झन् धेरै समस्या निस्किनसक्छ । वैज्ञानिकहरुले यसअघि पनि सौर्यमण्डलको बाहिरी भागमा एक सम्भावित ग्रह रहेको बताएका थिए । अहिले पुनः एउटा व्याख्या देखाउँदै वैज्ञानिकहरुले यसको अस्तित्वलाई इन्कार नगरेका हुन् ।

ब्याटिगिनले यसबारे पाँचवटा अलग अलग सिद्धान्त पेस गर्नुपर्ने बताएका छन् । यसअघि पनि प्लुटो अर्थात् यम ग्रह सौर्यमण्डलको नवौँ ग्रह मानिन्थ्यो तर २००६ मा ग्रहको परिभाषा बदलेर इन्टरनेशनल एष्ट्रोनोमी युनियनले यसलाई ग्रहको श्रेणीबाट बाहि निकालिदिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै